फिक्कल । इलाम क्षेत्र नं १ मा बिजयी प्रदेश सांसदरु विच शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम गरिएको । निर्वाचनको नजिता सार्वजनिक भएसंगै गठबन्धनबाट इलाम क्षेत्र न १ मा बिजयी भएक प्रदेश सांसदहरुलाई बाम लोकतान्त्रिक गठबन्धनले बधाई तथा शुभकामना दिएको हो ।
फिक्कल स्थित लाप्चा भवन भएको कार्यक्रममा निर्वाचित इलाम क्षेत्र नं १ को क की सांसद खिनु लङ्वा र इलाम क्षेत्र नं १ को ख का सांसद शम्शेर राईले जनताको अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धत जाहेर गरे । उनीहरुले जनताको अभिमतको कदर गर्दै आफ्नो कार्यकालमा विकास र समृद्धिका लागि जनतासंगै सहकार्यलाई जोड दिने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चा, नेपाली कांग्रेस सूर्योदयका उपसभापति रमेश प्रधान, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कमल गदाल, एकराज घिमिरेले बधाई ज्ञापन गर्दै जनताको कार्यका लागि सदैव तत्पर रहन आग्रह गरे । उनीहरुले विकास निर्माण र इलाम–१ को समृद्धिको लािग हातेमालो गर्न सुझाव दिए ।
कार्यक्रमको संचालन नेपाली कांग्रेस इलाम क्षेत्र नं १ को ख का सभापति निश्कल राईले गरेका थिए । गठबन्धनले मंगलबार फिक्कल बजारमा कोणसभाको आयोजना गरेको नेकपा एसका अध्यक्ष गदालले जानकारी दिए ।