Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

एमालेकी पराजुलीलाई हराउदै पर्यटनमन्त्री लङ्वा दोश्रो पटक प्रदेशसभामा

एमालेकी पराजुलीलाई हराउदै पर्यटनमन्त्री लङ्वा दोश्रो पटक प्रदेशसभामा

  • लोकल सन्देश
  • आइतबार, मंसिर ११ २०७९


एमालेकी पराजुलीलाई हराउदै पर्यटनमन्त्री लङ्वा दोश्रो पटक प्रदेशसभामा

फिक्कल । इलाम क्षेत्र नं १ को १ मा नेकपा एकिकृत समाजवादीकी खिनु लङ्वा लिम्बु बिजयी भएकी छन् । लङ्वाले नेकपा एमालेकी शोभा पराजुलीलाई २ हजार ३ सय ७६ मतान्तरले पराजित गरिन् । उनले १३ हजार ३ सय ७० मत पाउँदा पराजुलीले ११ हजार ३ सय ९४ मत प्राप्त गरिन् ।

लङ्वा प्रदेश सरकारको वहालवाला संस्कृति तथा पर्यटनमन्त्री समेत हुन् । उनले यसअघि २०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका देवेन्द्र राईले दोब्बर भन्दा बढि मतान्तरले हराउँदै प्रदेशसभामा प्रवेश पाएकी थिइन् ।

पराजित बनेकी पराजुली सन्दकपुर गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् । इलाम–१ को २ मा ५५ हजार २ सय ४७ मतदाता रहेकामा २९ हजार ४ सय ९६ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार