Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पुर्व प्रधानमन्त्री झलनाथ खनाल विरुद्ध पुर्व मेयर महेश बस्नेतको सान्दार जित

पुर्व प्रधानमन्त्री झलनाथ खनाल विरुद्ध पुर्व मेयर महेश बस्नेतको सान्दार जित

  • लोकल सन्देश
  • आइतबार, मंसिर ११ २०७९


पुर्व प्रधानमन्त्री झलनाथ खनाल विरुद्ध पुर्व मेयर महेश बस्नेतको सान्दार जित

इलाम । पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत इलाम क्षेत्र नं १ मा बिजयी भएका छन् । खनाललाई २ हजार ९ सय ५७ मतान्तरले पराजित गर्दै बस्नेत बिजयी भएका हुन् । बस्नेतले २५ हजार ६९९ मत पाउँदा खनालले २३ हजार ४५ मत मात्र पाए ।

२०४८ सालबाट निर्वाचनमा होमिएका खनालको यो दोश्रो पराजय हो । यसअघि २०५६ सालमा नेपाली कांग्रेसका वेनुपराज प्रसाईले खनाललाई हराएका थिए । त्यस यताका निर्वाचनमा बिजयी भएका खनाल २०६८ सालमा २०४ दिन प्रधानमन्त्री समेत बनेका थिए ।

२०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीका सुर्य बाला राईलाई र २०७० को दोश्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हिमालय कमचार्यलाई हराएका खनालले २०७४ मा बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई झन्डै दोब्बर मतान्तरले हराएका थिए ।

नेकपा विभाजन भएपछि बनेको नेकपा एकिकृत समाजवादीको चुनाव चिन्ह कलमबाट उम्मेदवार बनेका खनाललाई हराएका बस्नेतले उनकै चेला समेत हुन् । बस्नेत २०५४ र २०७४ मा इलाम नगरपालिकाकाको मेयर निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार