Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेकपा एसका सचिव राईमाथि हातपातको घटना बारेमा ध्यानाकर्षण

नेकपा एसका सचिव राईमाथि हातपातको घटना बारेमा ध्यानाकर्षण

  • लोकल सन्देश
  • शुक्रबार, मंसिर ९ २०७९


नेकपा एसका सचिव राईमाथि हातपातको घटना बारेमा ध्यानाकर्षण

फिक्कल । नेकपा एकिकृत समाजवादी सूर्योदय नगर कमिटीले पार्टीका सन्दकपुर गाउँ कमिटी सचिव श्याम राई माथि भएको हातपातको घटना बारेमा ध्यानाकर्षण गरेको छ । पार्टीका सूर्योदय इन्चार्ज तारा नेपाल, अध्यक्ष कमल गदाल र सचिव लता गौतम अधिकारीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गरेका हुन् ।

उनीहरुले मंसिर ८ गते अपराहन्न ४ बजे इलाम क्षेत्र नं १ को प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणनास्थलमा भएको घटनामा संलग्न नेकपा एमालेका कार्यकर्ताहरुलाई कारवाहीको माग समेत राखेका छन् ।

विज्ञप्तीमा लेखिएको छ ‘नेकपा एसका पार्टी प्रतिनिधि, जिल्ला सचिवालय सदस्य तथा सन्दकपुर गाउँपालिका पार्टी सचिव श्याम कुमार राई माथि नेकपा एमालेका केही व्यक्तिले अराजक शैलीमा सुरक्षा निकायलाई समेत वेवास्ता गर्दै हातपात गरिएको प्रति नेकपा समाजवादीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

घटनाको सत्य तथ्य छानविन गरी प्रचलित कानुन बमोजिम दोषी माथि हदैसम्मको कारवाहीको माग राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार