Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ मा नेम्वाङको अग्रता कायमै, इलाम–१ मा गणना सुरु हुन सकेन्

इलाम–२ मा नेम्वाङको अग्रता कायमै, इलाम–१ मा गणना सुरु हुन सकेन्

  • लोकल सन्देश
  • बिहिबार, मंसिर ८ २०७९


इलाम–२ मा नेम्वाङको अग्रता कायमै, इलाम–१ मा गणना सुरु हुन सकेन्

इलाम । इलाम क्षेत्र नं २ मा पुर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राखेका छन् । नेम्वाङले ८३३ मतको अग्रता कायम राखेका हुन् । उनले ११ हजार ६२१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ७८८ मत पाएका छन् । इलाम क्षेत्र नं १ मा मंगलबारबाट स्थगित भएको गणना अझै सुचारु हुन सकेको छैन् । निर्वाचन अधिकृतको कार्यालयले एक सुचना जारी गर्दै मतगणना कार्य सुचारु गराउनका लागि १० बजे  बोलाएको छ ।

मतगणनाका क्रममा कर्मचारीहरुबाट लापरवाही भएको भन्दै विवाद भएपछि गणना स्थगित भएको थियो । स्थगित गणना सुचारु गर्ने बारेमा सहमतिका लागि उम्मेदवार र दलका प्रतिनिधिसहितको बैठक बसेपनि सहमति जुट्न सकेन ।
सत्ता गठबन्धनले यसअघि गणना भएको मत पुनः गणना हुनुपर्ने, गणनाका कर्मचारीहरु परिर्वतन गर्नुपर्ने लगायतका माग राखेपनि नेकपा एमालेले नमानेपछि सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छलफलमा सहभागि एक नेताले बताए ।

इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । रातिसम्मको गणनामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन् । नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ । क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्याेदय नगरपालिकको सभाहलमा भइरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार