Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ मा मतगणना सुचारु गर्ने सहमति, इलाम–१ मा सर्वदलीय सहमति जुटेन

इलाम–२ मा मतगणना सुचारु गर्ने सहमति, इलाम–१ मा सर्वदलीय सहमति जुटेन

  • लोकल सन्देश
  • बुधबार, मंसिर ७ २०७९


इलाम–२ मा मतगणना सुचारु गर्ने सहमति, इलाम–१ मा सर्वदलीय सहमति जुटेन

इलाम । इलाम क्षेत्र नं २ मा मतगणना सुचारु गर्ने सहमति भएको छ । क्षेत्र नं २ मा मतगणनास्थलको भित्री कोठामा गणना गरिसकिएको मतपत्र सिल नगरी राखिएको भन्दै उम्मेदवारका प्रतिनिधिले आपत्ति जनाएपछि साढे ३ बजेबाट गणना स्थगित भएको थियो ।

सिसि फुटेज हेर्नुका साथै गणना भएको मत र मतपत्र हेरेर सोही अनुसार अघि बढ्ने सहमति भएको हो । गणना स्थगित हुनु अघि नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काभन्दा ९ सय ६ मतान्तरले अघि छन् ।

नेम्बाङले १० हजार ४ सय ४० र खड्काले ९ हजार ५ सय ३४ मत ल्याएका छन् । क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ । अहिलेसम्म २२ हजार हाराहारी मत गणना भइसकेको छ ।

इलाम–१ मा मंगलबारबाट स्थगित गणना सुचारु गर्ने बारेमा सहमतिका लागि उम्मेदवार र दलका प्रतिनिधिसहितको बैठक बसेपनि सहमति जुट्न सकेन । मतपेटिकामा रहेको सिलको विषयमा विवाद भएपछि गणना रोकिएको छ ।

सत्ता गठबन्धनले यसअघि गणना भएको मत पुनः गणना हुनुपर्ने, गणनाका कर्मचारीहरु परिर्वतन गर्नुपर्ने लगायतका माग राखेपनि नेकपा एमालेले नमानेपछि सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छलफलमा सहभागि एक नेताले बताए ।

इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । रातिसम्मको गणनामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन् ।

नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ । क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्याेदय नगरपालिकको सभाहलमा भइरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार