फिक्कल । इलामको सूर्योदय नगरपालिका–३ जीलमा आगलागिबाट डेरी नष्ट भएको छ । सुरेन राईले संचालन गरेको डेरीमा आज विहान अन्दाजी ३ बजेबाट आगलागि हुँदा जलेर नष्ट भएको हो ।
संचालन राईका अनुसार आगलागिबाट अन्दाजी १५ लाख बराबरको क्षति भएको छ । डेरीमा विक्रीका लागि तयारी अवस्था रहेको छुर्पी, घिउ लगायत उपकरणहरु पुर्ण रुपमा जलेको छ ।
स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको थियो । आगलागिको कारण बारे थाहा नभएको उनले बताए ।
