Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

रोचक बन्दै इलामको निर्वाचन, हेभिवेट नेताहरू पछयाउँदै

रोचक बन्दै इलामको निर्वाचन, हेभिवेट नेताहरू पछयाउँदै

  • नमीन ढकाल
  • मंगलबार, मंसिर ६ २०७९


रोचक बन्दै इलामको निर्वाचन, हेभिवेट नेताहरू पछयाउँदै

इलाम : सुरूवाती चरणको मतपरिणाम सार्वजनिक भएसँगै इलामको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ। नेपाली राजनीतिका प्रभावशाली नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सुवास नेम्वाङ मतगणनामा पछि परेपछि प्रतिनिधिसभा निर्वाचनको नतिजा रोचक मोडमा पुगेको हो।

इलाम क्षेत्र नं २ को माङ्सेबुङ गाउँपालिकाको गणना सम्पन्न भएसँगै ९५ मतले अग्रता बनाएका पूर्व सभामुख नेम्वाङ चुलाचुली गाउँपालिकाको प्रारम्भिक गणनाबाट ३०१ मतले पछि छाडिएका छन्।माङ्सेबुङ गणनामा समेत नेम्वाङ र खड्काबीच उछिन्ने क्रम चलेको थियो। नेम्वाङको पक्षमा सार्वजनिक भएको मतपरिणाम अनुसार ३ हजार ४ सय ५५ मत परेको छ।

कांग्रेस जिल्ला सभापति समेत रहेका खड्काले ३ हजार ७ सय ५६ मत ल्याएका छन्। हालसम्म इलाम–२ मा ९ हजार ३ सय ४ मत गणना सम्पन्न भएको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष/उपाध्यक्षसहित ५ वटा वडामा विजय हासिल गरेको नेकपा एमाले अहिले उपाध्यक्ष मात्र जित्न सफल भएको छ।

राष्ट्रपतिका आकांक्षी रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रारम्भिक मतगणनाबाटै एमाले जिल्ला अध्यक्ष महेश बस्नेत विरूद्ध पछि परेका छन्।  २ हजार ६ सय ८९ गणनाको पहिलो मत परिणाममा सार्वजनिक हुँदा २१७ मतले परेका खनाल त्यसपछि १८ हजार ५ सय २१ मत गणना सार्वजनिक हुँदासम्म१ हजार २ सय ७ ले मतले परेका छन् ।

अहिले २१ हजार ५ मतको गणना हुँदा खनाल १ हजार ३ सय ३३ मतले पछि रहेक छन् । कुल खसेको ५९ हजार ९०६ मत मध्ये अहिलेसम्म भएको नतिजा अनुसार बस्नेतको पक्षमा ९ हजार १ सय ५ र खनालको पक्षमा ७ हजार ७ सय ७२ मत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार