इलामको बालमन्दिर अस्थायी मतदान केन्द्रमा समानुपातिक तर्फ ३९ मत मात्र खसेको छ । निर्वाचन अधिकृत अम्बर निरौलाका अनुसार १ हजार ८ सय ८१ मतदाता रहेको उक्त केन्द्रमा समानुपातिक तर्फ ३९ मात्र झरेको हो ।
मुख्य निर्वाचन अधिकृत दिपक दाहालका अनुसार सो केन्द्र कर्मचारी र प्रहरीहरुका लागि तोकिएको थियो । धेरै जसो प्रहरी र कर्मचारी निर्वाचनका लागि अन्यत्र क्षेत्रमा खटिएका कारण कमी भएको हुन सक्ने उनले बताए ।