Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

किरात धर्मगुरु दम्पतीद्वारा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान

किरात धर्मगुरु दम्पतीद्वारा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान

  • लोकल सन्देश
  • आइतबार, मंसिर ४ २०७९


किरात धर्मगुरु दम्पतीद्वारा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान

माङ्सेबुङ। किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनले मतदान गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ आमनिर्वाचनमा आइतबार बिहान साढे ७ बजे किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साबा पबित्रहाङमा लिङ्देनले माङ्सेबुङ वडा – ५ को भालुटारस्थित सरस्वती माबिको मतदान केन्द्र क बाट मतदान गरेका हुन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अङ्सीमाङ तथा अङ्सीमामाङहरुले इलामको माङसेबुङ ५ अवस्थित सरस्वती माबिको मतदान केन्द्रमा मतदान गरि सुरु गरेका हुन् । मतदानमा गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन , शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन, गुरु सुपुत्री निर्मला लिङ्देन,ममिला लिङ्देनले मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार