Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

२ सताब्दि अघिका बौद्य धर्मग्रन्थका मन्त्र संरक्षण गर्दै युवा (फोटो फिचर)

२ सताब्दि अघिका बौद्य धर्मग्रन्थका मन्त्र संरक्षण गर्दै युवा (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • मंगलबार, कार्तिक १५ २०७९


२ सताब्दि अघिका बौद्य धर्मग्रन्थका मन्त्र संरक्षण गर्दै युवा (फोटो फिचर)

आहालभञ्ज्याङ (जौबारी) ।  २ सय वर्षअघि ढुङ्गामा कुदिएका बौद्य शिक्षाका मन्त्रहरु संरक्षणको अभियान इलाममा शूरु भएको छ । मणि कु संरक्षण समितिले इलामका उत्तरी क्षेत्रका दर्जनौ पहरा र ढुङ्गामा कुदिएको बौद्यधर्म मन्त्रहरु संरक्षणको अभियान थालेका हुन् ।

२ सताब्दि अघि बौद्य धर्मग्रन्थका मन्त्रहरुले कुदिएका पहरा र ढुङ्गाहरुको खोजी गरि संरक्षण शुरु भएको छ । इलामको उत्तरी नेपाल भारत सीमा क्षेत्र नजिकै रहेका लेकाली अग्ला ढुङ्गामा कुदिएका मन्त्रहरुको युवाहरुको मणि कु संरक्षण समितिले संरक्षण अभियान थालेको हो ।

मणि कु संरक्षण समितिले इलामको माइजोगमाइ गाउँपालिका ६ स्थित प्याङबाट संरक्षणको काम थालेको थियो । वर्षौ अघि ढुङ्गामा आकर्षक ढङ्गले कुदिएका बौद्य मन्त्रहरुको पहिचान गरि अहिले सफा गर्ने र रङ रोगनको काम हुँदै आएको अभियानका संयोजक दोर्चि शेर्पाले बताए ।

इलामको सन्दकपूर र माइजोगमाइ गाउँपालिका भित्रका असंख्य ढुङ्गामा बौद्य शिक्षाका मन्त्रहरु कुदिएको अध्ययनमा पाइन्छ । जंगलका बिचमा रहेका ठुला र असंख्य ढुङ्गामा कुदिएका मन्त्रहरु कहिले लेखिएको हो, भन्ने यकिन छैन । तर गाउँका बुढापाकाले २ सय वर्ष अघि नै लेखिएको बताउने गरेका छन् ।
प्राचिन कालमा धर्म प्रचारको कुनै माध्यम थिएन । त्यहि अवस्थामा बौद्य भिक्षुहरुले धर्म प्रचार गर्ने उदेश्यले बौद्य धर्मको मन्त्रहरु ढुङ्गामा कुदेको प्रारम्भिक अध्ययनमा पाइएको सन्दकपूर ५ का वडासदस्य कुमार गुरुङले बताए ।

ढुङ्गामा कुदिएको बौद्य मन्त्र सम्बोडा र रञ्जना लिपिमा रहेको छ । घना जंगलका अग्ला असंख्य पहराहरुमा कुदिएको मन्त्रहरुको संरक्षणका लागि नेपाल र नेपाल बाहिर रहेका बौद्यभिक्षुहरुले आर्थिक सहयोग गर्दै आएका छन् ।

मणि कु संरक्षण समितिले माइजोगमाइ गाउँपालिका भित्रका ३६ स्थानमा अध्ययन गरि संरक्षण थालेको र सन्दकपूर गाउँपालिका भित्रपनि अध्ययन शुरु गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार