Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

बाख्रापालनमा आकर्षित झुल्केघाम पशुपालन समूहमा आवद्ध किसान

बाख्रापालनमा आकर्षित झुल्केघाम पशुपालन समूहमा आवद्ध किसान

  • रोशन राई
  • बिहिबार, कार्तिक ३ २०७९


बाख्रापालनमा आकर्षित झुल्केघाम पशुपालन समूहमा आवद्ध किसान

सन्दकपूर (जमुना) ।  इलामको सन्दकपूर ५ जमुना इङ्लाका किसान अहिले व्यवसायीक बाखापालनमा आकर्षित भएका छन् । सन्दकपूर ५ को इङ्ला गाउँको चोयाटार टोल क्षेत्रका किसानहरु व्यवसायीक गाईपालन तर्फ आकर्षिक भएका हुन् । झुल्केघाम कृषि तथा पशुपालन समूहमा आवद्ध किसानहरुले अहिले उन्नत जातका बाख्रा पालन गरि आम्दानीको श्रोत बनाएका छन् ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा खसिबोकाको गुणस्तरीय मासु उत्पादन उत्पादनको लागि उन्नत जातको बाख्रा पालिनमा उप– आयोजना संचालन भएपछि किसानहरुले व्यवसायीक बाख्रा पालनलाई आधुनिकता समेत दिएका छन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा गुणस्तरीय दूध उत्पादनको लागि उन्नत जातको बाख्रा पालन उप– आयोजना झुल्केघाम कृषि तथा पशुपालन समूहले २०७८ साउन २५ मा संझौता गरेको थियो ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासँग उप–आयोजना संचालनको संझौता भएपछि किसानहरुले आफ्नो परम्परागत बाख्रा खोरहरुलाई हटाएर आधुनिक खोर निर्माण गरेका छन् । उप–आयोजनामा झुल्केघाम कृषि तथा पशुपालन समूहको आवद्ध किसान २० लाख १० हजार ४ सय, सप्तकोशी डेभलपमेन्ट बैँकको ३० लाख १५ हजार ६ सय ऋण र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको ५० लाख २६ हजार रुपैयाँ अनुदान सहयोग रहेको छ ।
खसिबोकाको मासुमा देशलाई आत्मनिर्भर बनाउने मुख्य उदेश्य रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना संचालनपछि झुल्केघाम कृषि तथा पशुपालन समूहमा आवद्ध २१ परिवार किसानहरुको पुराना खोर विस्थापन गरि आधुनिक खोर निर्माण गरिएको छ । उप–आयोजनाबाट १ सय २५ वटा उन्नत जातका बाख्रा खरिद गरिएको थियो ।
आयोजनाबाट बोयर क्रस ५ वटा बिउ बोका खरिद गरिएको छ । किसानलाई पशुआहार आधुनिक मेसिनबाट कुटि बनाउन २१ वटा च्यापकटर मेसिन हस्तान्तरण गरिएको छ ।
उन्नत जातको गाई खरिदबिक्रिका लागि बाख्रा तौलने ३ वटा तराजु खरिद गरिएको छ । झुल्केघाम कृषि तथा पशुपालन समूहमा आवद्ध किसानहरुलाई आयोजनाबाट सुख्खा घास पराल (साइलेस) खरिद गरि हस्तान्तरण भएको हो । त्यससँगै हिउँदे र वर्षातमा रोपिने घाँस खेतीको बिउ वितरण गरिएको छ । आयोजनाबाट बाख्राको दाना खरिद भइ वितरण गरिएको अध्यक्ष मान बहादूर गुरुङले बताए ।
आयोजनाले किसानलाई २ दिने असल पशुपालन क्षमता विकास तालिम, व्यक्तिगत सुरक्षाका लागि गम्बुट, एप्रोन, पञ्जा र खोप परजिवी नियन्त्रण गर्न औषधि खरिद गरि हस्तान्तरण गरिएको हो । आयोजनाले आफ्नो काम पारदर्सी बनाउन किसानले बुझ्नेगरि होडिङ्ग बोर्ड र सार्वजनीक सुनुवाई समेत सम्पन्न गरेको थियो । आयोजनाबाट १३ वटा बाख्रा र बोकाको बिमा समेत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार