विराटनगर : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगमा भएको मनोनयन दर्तामा प्रदेश १ मा यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रहेकाहरू मध्ये धेरैले पुनः उम्मेद्वारी दिएका छन्।
प्रतिनिधिसभामा प्रदेश १ का को को दोहोरिए ?
झापाको क्षेत्र नम्बर ५ बाट पूर्व-प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा आलीले पुनः उम्मेदवारी दिएका छन्। इलामको दुईवटा क्षेत्रबाट नेकपा (एकिकृत समाजवादी) का झलनाथ खनाल र एमाले नेता सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्। उनीहरु पनि निवर्तमान सांसदन हुन्। यस्तै झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट विर्तमान सांसद राप्रपाका राजेन्द्र लिङ्देन पुनः उम्मेद्वार बनेका छन्। यस्तै झापाको ४ बाट एमालेका एलपी साँवा लिम्बूले उम्मेदवारी दिएका छन्।
यता, एमाले नेताहरु ताप्लेजुङबाट योगेश भट्टराई, पाँचथरबाट वसन्त नेम्वाङ, मोरङ १ बाट घनश्याम खतिवडाले उम्मेदवारी दिएका छन्। भने, मोरङ क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकालले मोरङ ६ बाट लालबाबु पण्डित, धनकुटाबाट राजेन्द्र राई, तेह्रथुमबाट डा। विजय सुब्बाले उम्मेदवारी दिएका छन्। यस्तै संखुवासभाबाट राजेन्द्र गौतम, ओखलढुंगाबाट यज्ञराज सुनुवार र खोटाङबाट विशाल भट्टराईले उम्मेदवारी दिएका छन्।
उनी पनि निवर्तमान सांसद हुन्। यता, नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सांसद भएर पुनः उम्मेदवार दिनेमा सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की र उदयपुर १ बाट डाक्टर नारायण खड्का रहेका छन्। माओवादी केन्द्रबाट मोरङ ४ बाट अमनलाल मोदी, मोरङ ५ बाट शिवकुमार मण्डल र भोजपुरबाट सुदन किराँती पुनः उम्मेद्वार बनेका छन्।
प्रदेशबाट कसले पाए संघमा टिकट ?
प्रदेश सांसदबाट संघमा टिकट पाउनेमा बाहलवाला मन्त्रीदेखि पूर्व(मुख्यमन्त्रीसमेत रहेका छन्। भोजपुरबाट संघमा टिकट पाएका शेरधन राई प्रदेश १ का संस्थापक मुख्यमन्त्री हुन्। एमालेबाट सुनसरीको क्षेत्र नम्बर २ बाट पूर्व(मुख्यमन्त्री भीम आचार्यले संघीय सांसदका लागि टिकट पाएका छन्। यस्तै खोटाङबाट संघीय सांसदमा टिकट पाएका माओवादी नेता रामकुमार राई प्रदेश १ का बाहलवाला मन्त्री हुन्। एमालेबाट संघमा टिकट पाएका सुनसरी क्षेत्र नम्बर ४ का जगदीश कुसियैत पनि यसअघिका प्रदेशका सांसद तथा पूर्वमन्त्री हुन्।
प्रदेशमै टिकट पाउने को–को हुन प्रदेश सांसदहरू ?
प्रदेशमै टिकट पाउनेहरुमा एमालले अधिकांश पूर्व सांसदहरुलाई नै प्रथमिकतामा राखेका छन्। पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका हिक्मत कार्कीले झापा ५ ९१० बाट टिकट पाएका छन्। झापाको २ (१) का एकराज कार्की, झापा ३ (१) का वसन्त बानियाँ बाट टिकट पाएका छन्। उनीहरु सबै पूर्व प्रदेश सांसद हुन्।
यस्तै, मोरङको २ (२) का लिलाबल्लभ अधिकारी, मोरङ ४ (२) का जीवन घिमिरेले टिकट पाएका छन्। ओखलढुंगा १ का अमिरबहादुर गुरुङ, सोलुखुम्बुका दुईवटै प्रदेश निर्वाचन क्षेत्रका उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारी, तेह्रथुमको २ बाट तेजमान कन्दङ्वा र इलामको २ (२) बाट उम्मेद्वार बनेका राम रानाले प्रदेशमा टिकट पाएका छन्। उनीहरु पनि प्रदेश १ का पूर्व सांसद हुन्।
यता, नेपाली कांग्रेसले यसअघि प्रदेश १ कांग्रेस संसदीय दलका नेतासमेत रहेका सुनसरीका राजीव कोइरालालाई पुनः प्रदेशसभा सदस्यका लागि सुनसरी २ (२) बाट उम्मेद्वारी दिएको छ। यस्तै, मोरङको क्षेत्र नम्बर ६ (२) बाट केदार कार्कीलाई टिकट दिएको छ। उनी प्रदेश १ का बाहलवाला आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्। मोरङ क्षेत्र नम्बर ३ (१) बाट शेखरचन्द्र थापा र उदयपुर क्षेत्र नम्बर १ (२) बाट हिमाल कार्की उम्मेदवारी बनेका छन्। कार्की प्रदेश १ का सांसद तथा बहलवाला भौतिक पूर्वाधार मन्त्री हुन्।
माओवादीबाट नेता इन्द्रबहादुर आङ्बोले पुनः पाँचथरको २ बाट उम्मेद्वारी दिएका छन्। उनी सांसद एवम् बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री हुन्। यस्तै, झापाको ३ (२) बाट उम्मेद्वारी दिएका पूर्णसिंह राजवंशी यसअघिका सांसद हुन्। यस्तै झापाको ४ (१) बाट झलक दर्लामीले उम्मेद्वार दिएका छन्। उनी प्रदेश सरकारका बाहालवाला कृषिमन्त्री हुन्।
मोरङ १ (१) का कुलप्रसाद शाम्बा, सुनसरी ३ (१) बाट उम्मेद्वारी दिएकी सरस्वती पोखरेल, धनकुटा २ बाट उम्मेद्वारी दिएकी कुशुमकुमारी श्रेष्ठ, उदयपुर १ (१) बाट नारायण बुर्जा मगर पनि यसअघिका प्रदेश सांसद हुन्।
यस्तै, नेकपा एसबाट प्रदेश १ का बाहलवाला मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुनः भोजपुरको १ (१) नम्बर क्षेत्रबाट उम्मेद्वारी दिएका छन्।
यस्तै, मोरङको क्षेत्र नम्बर १ (२) बाट उपेन्द्र प्रसाद घिमिरेले उम्मेदवारी दिएका छन्। उनी बाहालवाला यातायात तथा संचारमन्त्री हुन्। संखुवासभाको १ (२) बाट उम्मेद्वारी दिएकी सरिता थापा खड्का यसअघि प्रदेश सांसद हुन्। भने, इलाम १ (१ ) बाट खिनु लङ्वा लिम्बूले उम्मेदवारी दिएकी छिन्। उनी पनि बाहालवाला मन्त्री हुन्।
यस्तै, खोटाङको १ (१) बाट राजन राई पनि उम्मेद्वार बनेका छन्। राई बाहलवाला प्रदेश १ का समाजिक विकास मन्त्री हुन्। यस्तै, जनता समाजवादी पार्टीबाट मोरङ क्षेत्र नम्बर ५ ९२० बाट जयराम यादवले उम्मेदवारी दिएका छन्। उनी पनि हाल प्रदेश १ का बहालवाला स्वास्थ्यमन्त्री हुन्। (थाहाखबरबाट साभार)