Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा प्रतिनिधिसभामा २५ र प्रदेशसभामा २९ को मनोनयन

इलाममा प्रतिनिधिसभामा २५ र प्रदेशसभामा २९ को मनोनयन

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज २३ २०७९


इलाममा प्रतिनिधिसभामा २५ र प्रदेशसभामा २९ को मनोनयन

इलाम । इलाममा प्रतिनिधिसभामा २५ जनाले उम्मेदवारी दिएका छन् । नेपाली राजनीतिका हेभिवेट नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा र प्रदेशसभामा २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेशसभामा २९ जनाले उम्मेदवारी दिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालको इलाम क्षेत्र नं १ मा ३ स्वतन्त्र सहित प्रतिनिधिसभामा ११ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ को (१) मा ८ जना र इलाम क्षेत्र नं १ को (२) मा ६ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी पुर्वसभामुख नेम्वाङको इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा तर्फ २ स्वतन्त्र सहित १४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभा तर्फ इलाम क्षेत्र नं २ को (१) मा ८ जना र इलाम क्षेत्र नं २ को (२) मा १ स्वतन्त्र सहित ८ जनाले उम्मेदवारी दिएका छन् । नेम्वाङ आफै आएर मनोनयन गरे ।

खनालले वारेस नाम माफर्त गठबन्धनको तर्फबाट उम्मदेवारी दर्ता गराएका छन् । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको इलाममा २ लाख २४ हजार ७ सय ७८ मतदाता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार