Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

संघ प्रदेश निर्वाचन: इलाम क्षेत्र नम्बर १ मा सर्वदलिय बैठक सम्पन्न

संघ प्रदेश निर्वाचन: इलाम क्षेत्र नम्बर १ मा सर्वदलिय बैठक सम्पन्न

  • शेखर तिमसिना
  • शुक्रबार, असोज २१ २०७९


संघ प्रदेश निर्वाचन: इलाम क्षेत्र नम्बर १ मा सर्वदलिय बैठक सम्पन्न

इलाम । निर्वाचन अधिकृतको कार्यालयले इलाम क्षेत्र नम्बर १ मा क्रियासिल राजनीतिक दलहरुको उपस्थितिमा सर्वदलिय बैठक सम्पन्न गरेको छ । संघ र प्रदेश निर्वाचनका लागि अशोज २३ गते व्यवस्थित रुपमा उमेद्धवार मनोनयन गर्ने बिषयमा निर्वाचन अधिकृतको कार्यालयले सर्वदलिय बैठक आयोजना गरेको हो ।


बैठकमा अशोज २३ गतेको दिन हुने उमेद्धवार मनोनयनको काम व्यवस्थित गर्न राजनितिक दलहका प्रतिनिधिहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ । सर्वदलिय बैठकमा मनोनयनको काम व्यवस्थित गर्न प्रत्येक राजनितिक दलहरुलाई समय छुट्टयाइएको छ ।


बैठकमा इलाम क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत राजकुमार दाहालले निर्वाचनलाई मर्यादित बनाउन आफु प्रतिवद्ध रहेको र राजनीतिक दलहरुलाई आचारसिंहिताको दायरमा रहेर काम गर्न आग्रह गरेका थिए । बैठकमा नेपाली काग्रेसका नगर सभापति जिवन नेपाल, उप सभापति निर्मला कट्टेल अग्रवाल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष उदय राई, सूर्योदय नगर अध्यक्ष दुर्गादेवी भट्टराई, जिल्ला कमिटि सदस्य डिक बहादूर बम्जम, नेकपा माओवादी केन्द्रका बिष्णु प्रसाद मैनाली, जनता समाजवादी पार्टीका सोनाम यल्मु लगायत क्रियासिल राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार