Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

विब्ल्याटेमा मोटरसाइकल र स्कारपियो ठोकिँदा एक जनाको मृत्यु

विब्ल्याटेमा मोटरसाइकल र स्कारपियो ठोकिँदा एक जनाको मृत्यु

  • लोकल सन्देश
  • सोमबार, असोज १७ २०७९


विब्ल्याटेमा मोटरसाइकल र स्कारपियो ठोकिँदा एक जनाको मृत्यु

इलाम । मेची राजमार्ग अन्र्तगत इलाम नगरपालिका ५ विब्ल्याटेमा मोटरसाइकल स्कारपियो एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ बाट काठमान्डौं आउदै गरेको प्र ३ बा०८८५ नं को स्कारपियो र बिपरित दिशा बाट जादै गरेको प्र १-०१-०१४ प १०६० नं को मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक इलाम नगरपालिका-४ बर्ष २३ को बिशाल राई को मृत्यु भएको हो ।

घाइते भएका उनको इलाम अस्पतालमा उपचार पश्च्यात थप उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड झापा पठाएकोमा बाटोमा नै मृत्यु भएको थियो ।

गाडी तथा चालक नुवाकोट कपने गाउँपालिका ७ बस्ने बर्ष२४ को छिरिङ तामाङ प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । लाश पोस्टमार्टमको लागि इलाम अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार