Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम र पाँचथरका ३ युवक प्रतिबन्धित लागुऔषधसहित प्रहरी नियन्त्रणमा

इलाम र पाँचथरका ३ युवक प्रतिबन्धित लागुऔषधसहित प्रहरी नियन्त्रणमा

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज १२ २०७९


इलाम र पाँचथरका ३ युवक प्रतिबन्धित लागुऔषधसहित प्रहरी नियन्त्रणमा

इलाम । झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका २ बस्ने वर्ष २२ का केबिन्द्र गोले, सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने वर्ष ३२ का सन्त लिम्बु रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार