Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

‘बर्खामा जिप हिलोमा गाडियो भने सुवासले बाटो हिलो बनायो भन्छन्’

‘बर्खामा जिप हिलोमा गाडियो भने सुवासले बाटो हिलो बनायो भन्छन्’

  • नमीन ढकाल
  • बुधबार, असोज १२ २०७९


‘बर्खामा जिप हिलोमा गाडियो भने सुवासले बाटो हिलो बनायो भन्छन्’

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले जनयुद्धका बेला गाउँ नआउ भन्ने जनताहरु अहिले हिलाम्मे बाटोको तस्बिर सेयर गर्दा अचम्म लागेको बताए । उनले आफु प्रतिनिधिसभाको लागि २०५६ सालमा निर्वाचन लड्दा इलामको कर्णाली भनिएको २ नम्बर क्षेत्रले विकासमा गति लिएको जिकिर गरे ।

 इलाममा आयोजित नेकपा एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्वाङले भने ‘५६ सालमा निर्वाचन लडिरहँदा इलामको कर्णाली भनिने २ नम्बर क्षेत्रमा एउटा बिजुलीको बल्ब झुन्डिएको छैन् । मैले चुनाव लडिरहँदा इलामको कर्णाली भनिने यो २ नम्बर क्षेत्रमा अहिले साथीभाईहरु फोटो छाप्दैछन् हिलोमा गाडी भासिएको ।’ उनले भने ‘५६ साल देखि अहिलेसम्म १० बर्ष जनयुद्ध कटाइदिनुस् त्यो १० बर्ष गाउँघरका दिदि बहिनी दाजुभाईहरुले तपाईहरु नआउनुस हामी दुःख सहन्छौ भन्नुभयो र हामी १० बर्ष गाउँमा जान सकेनौ । अहिले उहाँहरु समेत हिलाम्मे बाटोमा गाडी डुबेको फोटो सेयर गरिरहनुभएको छ । ’

नेम्वाङले विकास निर्माणको सन्दर्भमा एमाले उदार भएको बताउँदै दमक चिसापानी, भेडेटार रवि राँके लगातयका सडकहरु एमाले सरकारको पालामा बजेट विनियोजन भएको बताए । उनले २ अर्ब २० करोड केपी शर्मा ओलीले विनियोजन गरेपछि दमक–चिसापानी बाटोको काम अघि बढेको बताए । नेम्वाङले २ बर्षमा सडक कालापत्रेको काम सम्पन्न हुने बताए ।

‘अढाई बर्षमा कालोपत्रे हुन्छ दमक चिसापानी बाटो । कालोपत्रे अघि बर्खामा पानी पर्दा हिलो त हुँदै रहेछ । तर अहिले हामी सरकारम छैनौ । के अचम्म हो अढाइ अर्ब रकम हाल्ने हामी अब २ बर्षमा सडक कालोपत्रे हुन्छ, ७ वटा त पुल मात्रै बनिएकोछ रतुवामाथी, जम्मै बाटो निस्किएको छ । अनि पानी पर्दा बर्खामा जिप हिलोमा गएर गाडियो भने हतपत साथीहरुले फोटो छापेर सुवासले बाटो हिलो बनायो भन्छन् ।’

अधिकाँश समय केपी ओली सरकारले आयोजनामा बजेट छुट्याएका कारण पुर्वाधार विकास भए भन्दै तारिफ गरेका नेम्वाङले नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्कालाई कटाक्ष हान्न समेत भ्याए ‘ ठेकदारले काममा ढिलाई गर्छ कान समातेर काम गराउनुपर्ने कस्ले सरकारले ? सरकारमा उहाँहरु हुनुहुन्छ । करिब करिब उहाँहरु आफै ठेकेदार हुनुहुन्छ । को हो ठेकेदार मलाई थाहा छैन् । म नाम अलि बिर्सन्छु कमरेडहरुलाई सम्झना होला । १२ महिना २४ सै घण्टा यहि उठबस गर्नुहुन्छ । नेपालटार मंगलबारे बाटो कस्ले ठेक्का लिएको थियो । बजेट पठाउने म बजेट पठाउने नेकपा एमाले । साथीले ठेक्का काम गर्ने बढि पैसा भएर की के भएर हो आफै कुटाकुट गर्ने कस्ले कुट्नुभयो बिर्सिए मैले । अनि उल्टै बर्खामा पानी आउँदा गाडी एक ठाउँमा डुब्यो भने हतपट फोटो निकालेर हाम्रै फोटो छाप्ने ।’

नेम्वाङका सधैका झै यसपटक पनि विग्रिएको टेलिफोनको कथा भन्न छुटाएनन् । उनले ५६ सालमा पहिलो पटक उम्मेदवार बन्दा इलाम क्षेत्र नं २ का पर्ने इभाङ र आमचोकमा विग्रिएर थन्किएको ल्यान्डलाइनको कथा सुनाउन भ्याए ।
नेम्वाङले मदन भण्डारी राजमार्ग अन्र्तगत दमक–चुलाचुली क्षेत्रमा करिब ५० प्रतिशत भन्दा बढि काम भएको जिकिर गरे । उनले विकासको कार्यमा चुलाचुलीलाई प्राथमिकतामा राखेको समेत बताए ।

‘चुलाचुलीमा ५ वटा पुल मदन भण्डारी राजमार्ग अन्र्तगत सुरु भइसको छ । ५० प्रतिशत पुरा भइसकेको छ । दिएको समय भन्दा २÷३ महिना अघि सक्छु भनेका छन् । हाम्रा विपक्षी साथीहरु कति तगडा छन् थाहा छ अचम्म छ । अर्बौ रकम एउटै पालिकामा खर्च आइरहेको छ । ५ वटा पुल बनेको उहाँहरुले हल्ला चलाउन थाल्नुभए छ मदन भण्डारी राजमार्ग सर्ने भएछ भनेर ।’

उनले भने ‘मैले ठट्टा गरे भने यो ५ वटा पुल चाहि खाली सेल्फी खिच्न ल्याएको हो । ५ वटा पुल त सबै मैले फेहरिस्ता निकालेको छु । बाटो त मास्तिर कहाँ जाने रे हल्ला चल्यो । मदन भण्डारी राजमार्ग कालोपत्रे गर्ने टेन्डर बाहिर आएपछि त राजमार्ग सर्ने हल्ला अहिले अलि बोल्ती बन्द भएको छ । एउटै पालिकामा ७ वटा मोटरेबल र झोलुङ्गे पुल कल्पना गर्नुहोस् त त्यो पालिकामा कस्तो भएको होला विकास त्यो हामीले गरेका हौ नेकपा एमालेले गरेको हो ।’

भेडेटार रवि राँके सडकमा केपी ओलीको सरकार हुँदा ६ अर्ब बजेट विनियोजन भएको बताउँदै नेम्वाङले भने ‘६/७ वटा थोत्रा कम्प्युटरहरु ल्याएर कुनै स्कुललाई बाडिदिएर विकासे नेता भनेर कस्ले पो फोटो छाप्नुभयो मैले विर्सिए ।’ नेम्वाङले संघीय लोकतान्त्रिक गणतन्त्र समावेशिता धर्मनिरपेक्षता सहितको समाजवाद उन्मुख संविधान केपी ओली र नेकपा एमालेका कारणले सम्भव भएको समेत बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार