Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

किरात याक्थुङ चुम्लुङमा सुनिता सुब्बाको नेतृत्वमा समिती चयन

किरात याक्थुङ चुम्लुङमा सुनिता सुब्बाको नेतृत्वमा समिती चयन

  • लिला सुब्बा
  • शनिबार, असोज ८ २०७९


किरात याक्थुङ चुम्लुङमा सुनिता सुब्बाको नेतृत्वमा समिती चयन

फाकफोकथुम । फाकफोक थुमको किरात याक्थुङ चुम्लुङको निर्णय अनुसार असोज छ गते सबै वडामा एकै दिन वडा अधिवेशन गरिसक्ने निर्देशन अनुसार सबै वडामा वडा अधिवेशन सम्पन्न भएको थुमका सचिब गजेन्द्र लिम्बुले जानकारी दिए ।
चुम्लुङको वडा चारको अधिवेशनका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ फाकफोक थुम सदस्य अम्बर बहादुर लिम्बुको आथित्वमा बिभिन्न संघ संस्था तथा आदिवासी जनजाति महासंघ समन्वय वडा चारको प्रतिनिधि रहेको थियो। स्वागत मन्तव्य इन्द्र कुमारी लिम्बुले राखेकी थिइन् । शुभकामना मन्तव्य तथा आफ्नो भनाई राख्ने क्रममा नेपाली कांग्रेसका इलाम क्षेत्र नं दुइ ख का सभापति खगेन्द्र लिम्बु राजु, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा बुद्धिजिवी छात्र सुब्बाले किरात याक्थुङ चुम्लुङ लिम्बु समुदायहरूको एउटा बिशुद्ध संस्था रहेको र यसमा धर्म, राजनीतिक घुसपिस गर्न नहुने साथै लिम्बु समुदायमा सस्कृति, संस्कार हाक्पारे ,पालाम,ख्याली र च्याब्रुङ नाच लोप भइरहेको र नयाँ पुस्तामा ध्यान नगएकोले अहिले जगेर्ना गर्नु पर्ने अवस्था आएको बताएका थिए। वडा अधिवेशनका प्रमुख अतिथि अम्बर बहादुर लिम्बुले भाषा संस्कृति तथा पहिचान बचाई राख्न जस्तोसुकै आन्दोलन गर्न किरात याक्थुङ चुम्लुङ तयार रहन आग्रह गरेका थिए भने नयाँ कार्यसमितीहरूले चुम्लुङको हकहितको लागि आदिवासी जनजाति महासंघसित समन्वय गरेर अगाडि बढ्न समेत आग्रह गर्दै नयाँ समितिहरूलाई सफत गराएका थिए।
किरात याक्थुङ चुम्लुङ वडा समितीमा सुनिता सुब्बाको नेतृत्वमा नौ समिती चयन भएको छ। समितिको उपाध्यक्ष दिपा लिम्बु, सचिब रत्न लिम्बु, कोषाध्यक्ष कविर लिम्बु, सदस्यहरूमा लिला बहादुर लिम्बु, इन्द्र कुमारी लिम्बु, देविका लिम्बु,इन्द्र लिम्बु र घनेन्द्र लिम्बु निर्वाचित भएको निर्वाचन कार्य समिति मण्डलका अध्यक्ष छत्र सुब्बाले घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार