Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माई नगर वाइसिएलमा कोवित

माई नगर वाइसिएलमा कोवित

  • लोकल सन्देश
  • शुक्रबार, असोज ७ २०७९


माई नगर वाइसिएलमा कोवित

माई । वाइसिएल माई नगरपालिकाको अध्यक्षमा केशव दाहाल कोवित निर्वाचित भएका छन् । दोश्रो नगर अधिवेशनबाट कोवितको नेतृत्वमा ३१ सदस्यीय नगर समिति निर्वाचित भएको हो । उपाध्यक्षमा रुपक पौड्याल र मोहन राई, सचिव भेषराज लिम्बु, सहसचिवमा दिवस बाँस्तोला, सुदिप ठकुरी, समिक्षा मगर र सन्तोष एक्तेन रहेका छन् ।

कोषाध्यक्षमा कमल मगर सर्वसम्मत भएका छन् । सदस्यहरुमा गोविन्द राई, निशान विक, बिनोद राई, महेश राई, जंग सुनुवार, सुमन मगर, आशिष लिम्बु र नगिन लुंगेली रहेका छन् । अन्य सदस्यहरुमा किशोर गुरुङ, प्रवाश तामाङ, टंक शेर्मा, टुकेन्द्र राई रहेका छन् । अन्य सदस्यहरु बैठकबाट थप गरिने भएको छ ।

वाइसिएल नगर अध्यक्ष राजु लोक्तामको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सचिवालय सदस्य एवम जिल्ला सहइन्चार्ज कान्छा लावती, वाइसिएल प्रदेश इन्चार्ज डम्बर पुलामी कर्मा र माओवादी केन्द्र प्रदेश कमिटी सदस्य दिपेन राईको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य, वाइसिएल जिल्ला र प्रदेशका सदस्य एवम शहिद परिवारका सदस्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्मा, विशेष अतिथित्रय लावती, पुलामी र राईका साथै वाइसिएल प्रदेश कमिटी संयोजक कुमार आचार्य र जिल्ला इन्चार्ज विक्रम लिम्बुले मन्तव्य राखेका थिए ।

वाइसिएल प्रदेश सदस्य ज्ञान बहादुर मगरले स्वागत गरेको कार्यक्रम संचालन युवराज ढकालले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार