इलाम। इलामको चुलाचुली गाँपालिकामा दमकस्थित भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरेको छ । अशोज ५ साँझ धारिलो हतियार र ढुङ्गा प्रहार गरि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमणबाट गुरुङ्गको मृत्यु भएको थियो । अपराधिक पृष्टभुमिका गुरुङलले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरुमिलेर कुटपिट गर्दा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताउनुभयो ।

धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गरि सार्वजनीक गरिएको हो ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका इलामका शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, नरेश कुमार याखा, अभिषेक केरुङ, सेसेयाङ याखा, चन्द्र कुमार यवा, डम्बर यवा , नरेन्द्र तुम्रोक, बिक्रम हिङमाङ (नेपाली) र पर्शु राई रहेका छन् । उनीहरुले आफुहरु हत्यामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।