इलाम : आदिवासि जनजाती विद्यार्थी महासंघ इलामको अध्यक्षमा नयन वान्तवा निर्वाचित भएका छन् । अतित योङ्हाङलाई हराउँदै वान्तवा अध्यक्षमा निर्वाचित भएका हुन् ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्षमा निर्वाचन गरिएको थियो । जसमा वान्तवा ५ मत प्राप्त गर्दा योङ्हाङले ३ मत पाए । १ मत बदर भएको थियो ।
उपाध्यक्षमा संगिता जोशी, सचिव सञ्जिव बल तामाङ, सहसचिवः विपना सुनुवार र कोषाध्यक्षमा निशा गुरुङ निर्वाचित भएकी छन् । सदस्यहरु अतीत योङ्हाङ, जीवन थामी, भावना खपाङ्गी, पुजा यल्मो र साजन देवान निर्वाचित भएका छन् ।
आदिवासि जनजाति महासंघ इलाम जिल्ला उपाध्यक्ष दिपक गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आदिवासि जनजाति विद्यार्थी महासंघ केन्द्रीय उपाध्यक्ष जलन गुरुङको बिशिष्ट आतिथ्यता रहेको थियो ।
सल्लाहकार मोहन थेवे,किरण सुनुवार लगायतको आतिथ्यता रहेको थियो ।