सन्दकपूर । संविधान दिवस २०७९ को अवसरमा सन्दकपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयद्वारा विभिन्न कार्यक्रमहरु आयोजन गरि मनाएको छ । संविधान दिवसको अवसरमा सोमबार बिहान पालिका कार्यलय परिसरमा झण्डोत्तोलन गरिएको थियो ।
झण्डोत्तोलन कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, उपाध्यक्ष हरि लुङ्गेली, प्रमुख प्रशासकिय अधिकृत महेश राई, गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

झण्डोत्तोलन कार्यक्रमपछि सन्दकपूर गाउँपालिका कार्यालयको सभाहलमा नेपालको संविधान र प्रचलित कानुनहरु सम्बन्धी जनप्रतिनिधि, स्थानीय नागरिक र कर्मचारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

अन्तरक्रियामा स्वास्थ्य क्षेत्रमा काम गर्ने सुजता लुङ्गेली, लक्ष्मी राई, लालबहादूर राउत, भुपेन्द्र भट्टराई, जयकुमार यादव र दुर्गाकुमारी थेवे सम्मानित तथा पुरस्कृत भएका छन् । यस्तै पालिकाले सुशासन तथा संस्थागत विकास तर्फ सरोज दाहाल, प्रशासन तर्फ द्धवारिकाभिस घिमिरे, महिला तथा बालबालिका तर्फ दिपा कुमारी लिम्बु, प्राविधिक क्षेत्र तर्फ अविनारायण दाहाल र विविध क्षेत्रमा संगिता खाम्दाक सम्मानित तथा पुरस्कृत भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
