नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा राष्ट्रिय जन सांस्कृतिक महासंघ गाउँ कमिटी गठन भएको छ । सेवन पोखरेलको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी गठन भएको हो । उपाध्यक्षमाः नेत्र बहादुर देवान, सचिव पेम्बादोर्जे शेर्पा, उपसचिवमा इशा घिमिरे र सबिन खालिङ, कोषाध्यक्ष मदन कुमार थामी चयन भएका छन् ।
राष्ट्रिय जन सांस्कृतिक महासघं इलाम जिल्ला कमिटीको आयोजना एवम नेकपा एमाले माइजोगमाइ गाउँ कमिटिको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता शिशिर काफ्लेले गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेतको प्रमुख आतिथ्यता र राष्ट्रिय जन सांस्कृतिक महासंघ केन्द्रीय सदस्य एवम इलाम इन्चार्ज रगुन गुरुङको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम माइजोगमाइ गाउँ पालिका अध्यक्ष कुश बहादुर थेबे, महासंघका प्रदेश सह कोषाध्यक्ष राजेश चाम्लिङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको औचित्य माथि विशेष अतिथि गुरुङले प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि महेश बस्नेत, अतिथि कुश बहादुर थेबेले मन्तव्य राखेका थिए ।
एमाले माईजोगमाई सचिव राजिव भट्टराईले स्वागत गरेको कार्यक्रम पार्टीका उपसचिव अमर देवानले संचालन गरेका थिए ।