Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

जसपा छाडेर योङहाङ माओवादी केन्द्रमा ध्रुविकृत

जसपा छाडेर योङहाङ माओवादी केन्द्रमा ध्रुविकृत

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र ३० २०७९


जसपा छाडेर योङहाङ माओवादी केन्द्रमा ध्रुविकृत

इलाम । जनता समाजवादी पार्टी परित्याग गर्दै राम योङहाङ माओवादी केन्द्रमा ध्रुविकृत भएका छन् । जसपाको लिम्बुवान समिति सदस्य र जिल्ला समन्वय समिति सदस्य रहेको योङहाङ आजकै मितिबाट माओवादी केन्द्रमा ध्रुविकृत भएका हुन् । उनलाई माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिजय खम्बु, सचिव शान्ता बस्नेत, प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिमसिना, जिल्ला अध्यक्ष बुद्धमाया सोङ्मी लगायतले पार्टी र भातृ संगठनमा स्वागत गरेका छन् ।

योङहाङ ९ बर्ष अघि देखि जसपाको विभिन्न तह र तप्का रहेर कार्य गरिरहेका थिए । जसपा निकट प्रेस मञ्चका केन्द्रिय सदस्य एवम प्रदेश उपाध्यक्ष समेत रहेका पत्रकार योङहाङले संघीयता र गणतन्त्रको जन्मदातामा माओवादी केन्द्र भएकाले माओवादी केन्द्रमा समाहित भएको बताएका छन् ।

विज्ञप्ती जारी गर्दै योङहाङले पार्टीको पछिल्लो कार्यशैलीबाट संघीयता, गणतन्त्र, समावेशी, पहिचान लगायत जनताको जीवन व्यवहारमा कार्यान्वय हुन नसक्ने देखिएकाले उक्त एजेन्डाको जन्मदाता नेकपा माओवादी केन्द्र रहेको निष्कर्ष निकाल्दै पार्टी प्रवेश गरेकोे जनाएका छन् । परिवर्तनलाई संस्थागत गरी सुदृढ बनाएर अघि बढाउन पार्टीमा रहि जनताको जनजिविका र परिर्वतनको मुद्धामा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

पार्टीले दिएको जिम्मेवारी र प्रेस सेन्टरले दिएको जिम्मेवारी बहन गर्ने सन्र्दभमा नीति सिद्धान्त र विचारलाई जनमासनमा पु¥याउन कार्य गर्ने उनले बताए । पछिल्लो समय माओवादी केन्द्रले संचालन गरेको परिर्वतनलाई आत्मसात गर्दै ध्रुविकरण गोलबन्द हुन सम्पुर्ण गणतन्त्रवादी, संघीयतावादी, परिर्वतनकारी एवम क्रान्तिकारी शक्तिहरुलाई अपिल समेत गरेका छन् ।

स्वागत गर्दैै पार्टीका जिल्ला अध्यक्ष खम्बुले भावना माथि आघात नपर्ने गरी योगदानको उच्च कदर गरिने बताए । उनले संघीयता, गणतन्त्र, समावेशी, पहिचानको मुद्धामा सहकार्यमा साथ अघि बढ्ने बताए । प्रेस सेन्टरका मुख्य सचिव तिम्सिनाले क्षमताको उच्च मुल्यांकन गर्दै प्रेस सेन्टरमा उपयुक्त स्थान दिइने बताए । उनले पत्रकार महासंघका आगामी गतिविधिहरुमा सक्रिय सहभागिता समेत गराइने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार