माई । ‘सामाजिक रुपान्तरणका लागि युवा’ भन्ने मुल नाराका साथ बुधबार युवा सशक्तिकरण सञ्जाल माईको अगुवाईमा सरसफाई कार्य भएको छ । माई नगरपालिकाको आर्थिक सहयोग तथा नमूना युवा समुह शुक्रबारे, लोदीया प्रहरी चौकी दानाबारी, शसस्त्र प्रहरी बल दानाबारी वेस क्याम्प, नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा, दानाबारी कृषि सहकारी संस्था, उद्योग बाणिज्य संघ माई शाखा, सहारा नेपाल (साकोस) माई शाखा र नेवि संघ गरूवा क्याम्पसको सहभागितामा सरसफाई कार्य भएको हो ।
शुक्रबारे लखन चोक खेलमैदानदेखि प्रारम्भ भएको सरसफाई बजार क्षेत्र, मस्ते, नमस्ते चौक हुँदै सितली बजार क्षेत्र, माई नगर पालिका परिसर, क्याम्पस क्षेत्र,रेडक्रस भवन र गलेश्वर शिव पाञ्चायन मन्दिर लगायत मेन रोड आसपासका क्षेत्रमा सचेतना सहित सरसफाई कार्य भएको युवा शसक्तिकरण सञ्जालका बुद्धराज योङहाङले जानकारी दिए ।
युवा सशक्तिकरण सञ्जाल सरसफाई, लागु औषध तथा दुव्र्यसन नियन्त्रण, युवा लक्षित सिप विकास तालिम, बैदेशिक रोजगारीमा जानेका लागि निःशुल्क परामर्श सेवा तथा युवा लक्षित कार्यक्रम, बालअधिकार लगायत सचेतना कार्यक्रम सञ्चालनमा विगत ४ बर्ष देखि क्रियाशिल रहेको युवा शसक्तिकरण सञ्जाल माई अध्यक्ष संगम सुब्बाले जानकारी दिए ।