फिक्कल । माओवादी केन्द्र इलामले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । माई नगरपालिकामा बसेको १ नं संघीय निर्वाचन क्षेत्रिय समितिको बैठकले इलाम क्षेत्र नं १ मा तेजबहादुर राई (बिजय) , र विनोद नेम्वाङलाई सिफारिस गरेको हो । त्यसैगरी इलाम क्षेत्र नं १ (क) मा तेजबहादुर राई (बिजय), भोज बहादुर खतिवडा र गञ्ज बहादुर प्रधानलाई सिफारिस गरेको हो ।
त्यसैगरी इलाम क्षेत्र नं १ (ख) मा छविलाल आचार्य (प्रवाश शर्मा) र भक्त बहादुर लुङगेलीलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ संघीय निर्वाचन क्षेत्र नं १ मा देव कुमार राई र इलाम क्षेत्र नं १ (क) मा सावित्री देवी राई सिफारिसमा परेका छन् । त्यसैगरी इलाम क्षेत्र नं १ (ख) मा सहिद परिवारकी धनमाया प्रधान र धनमाया राईलाई सिफारिस गरिएको छ ।

क्षेत्रिय प्रमुख राम राईको अध्यक्षता र केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यतामा बसेको बैठकले सम्पुर्ण पालिकाको वडा, टोल र सेल समितिको भेला तथा बैठक आगामी असोज १० गते भित्र सम्पन्न गरी क्षेत्रिय समितिको कार्यालयमा पेश गर्ने निर्णय गरेको छ । प्रदेश निर्वाचन क्षेत्र नं १ (ख) को उपप्रमुखमा निरज राईलाई जिम्मेवारी समेत तोक्ने निर्णय भएको छ ।