Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

एमालेबाट इलाम क्षेत्र नम्बर १ को ख बाट ८ जनाको नाम सिफारिस

एमालेबाट इलाम क्षेत्र नम्बर १ को ख बाट ८ जनाको नाम सिफारिस

  • लोकल सन्देश
  • शनिबार, भाद्र १८ २०७९


एमालेबाट इलाम क्षेत्र नम्बर १ को ख बाट ८ जनाको नाम सिफारिस

रोङ । नेकपा एमालेको इलाम क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ख मा ८ जनाको नाम सिफारिस भएको छ । सूर्योदयबाट सुजन नेपाल, दिपेन्द्र राई, माई नगरपालिकाबाट ध्रुब श्रेष्ठ, दिपक थेवे, बिष्णुमाया आचार्य, मेघनाथ गिरि रोङ गाउँपालिकाबाट खड्ग आले, तुलसिराम न्यौपाने उपेन्द्रको नाम सिफारिस भएको छ । समानुपातिकमा याम बहादूर सुवेदी, रण बहादूर गुरुङ्ग, कुमारी रैका मगर सिफारिस भएका छन् ।
बिष्णुमाया आचार्यको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले इलामका महेश बस्नेत, उपाध्यक्ष उदय राई, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटि सदस्य, पालिका कमिटी पादधिकारी र वडा कमिटि अध्यक्षहरुको उपस्थिति रहेको थियो । जिल्ला कमिटिमा सिफारिस भएको नामहरुको अध्ययन गरि एक महिला सहित तीन जनाको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने जिल्ला उपाध्यक्ष उदय राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार