Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम क्षेत्र नम्बर १(क) र क्षेत्र नम्बर २(ख) मा एमालेको उमेद्धवार सिफारिस

इलाम क्षेत्र नम्बर १(क) र क्षेत्र नम्बर २(ख) मा एमालेको उमेद्धवार सिफारिस

  • लोकल सन्देश
  • शनिबार, भाद्र १८ २०७९


इलाम क्षेत्र नम्बर १(क) र क्षेत्र नम्बर २(ख) मा एमालेको उमेद्धवार सिफारिस

इलाम । इलाम क्षेत्र नम्बर १  (क) मा एमालेका ७ जनाले प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने आकांक्षा देखएका छन् । प्रदेश सभा क्षेत्रीय कमिटिको बैठकमा ७ जना आकांक्षीले नाम टिपाएका हुन् । बैठकबाट सन्दकपूर गाउँपालिका पूर्व उपाध्यक्ष सोभा पराजुली, खगेन्द्र घिमिरे, नरेश तामाङ, नोमनाथ खतिवडा, युवराज बाशिष्ठ, कृष्ण सुवेदी र देउकुमार दाहालको नाम जिल्ला कमिटीमा सिफारिस भएको हो ।

यस्तै इलाम क्षेत्र नम्बर २ को (ख) मा पूर्व कृषि राज्यमन्त्री राम राना, सन्तराम योङ्हाङ र अनुप अधिकारीको नाम सिफारिस भएको छ । राम राना इलाम क्षेत्र नम्बर २ को (क) निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए । इलाम क्षेत्र नम्बर २ को (क) मा एमालेबाट पूर्व जिसस प्रमुख गणेश बराल उमेद्धवारका लागि सिफारिस भएका छन् ।

इलाम क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा एमालेले उमेद्धवार छनौटको आज बैठक बसि निर्णय गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार