साङरुम्बा । इलाम नगरपालिका–१२ साङरुम्बा क्षेत्रका बासिन्दाहरुले टिटनासको भ्याक्सिनका लागि अन्य क्षेत्र जानुपर्ने बाध्यता हटेको छ । वडा सदस्य नेत्रप्रसाद घिमिरेले आफ्नो कार्यकाल भरि आवश्यक पर्ने भ्याक्सिन उपलब्ध गराउने भएका हुन् । हरितालिका तिजको अवसर पारेर घिमिरेले साङरुम्बा स्वास्थ चौकिमा कार्यरत अनमी सिल्भा तामाङलाई भ्याक्सिन उपलब्ध गराएका हुन् ।
भौगोलिक रुपमा इलाम नगरपालिकाको विकट क्षेत्र मानिएको साङरुम्बामा चोटपटक लाग्दा भ्याक्सिनका लागि इलाम बजार, मंगलबारे र जितपुर लगायतका क्षेत्रमा पुग्नुपर्ने बाध्यता रहेको थियो । वडाबासीहरुको समस्यालाई ध्यानमा राख्दै ५ बर्षसम्म व्यक्तिग खर्चमा आवश्यक पर्ने भ्याक्सिन उपलब्ध गराएको उनले बताए ।
‘ चोटपटक लाग्दा भ्याक्सिन लिनका लागि दिनमाया मारेर पुग्नुपर्ने बाध्यता थियो ।’ घिमिरेले भने ‘ जनताको सेवा गर्न जनप्रतिनिधि भएपछि उहाँहरुको समस्याको बारेमा हामीले सोच्नुपर्ने भएकाले व्यक्तिगत खर्चमै भएपनि भ्याक्सिन दिएको हु । मेरो कार्यकालभरी उपलब्ध गराउनेछु ।’ गत बैशाख ३० गतेको निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घिमिरेले १ हजार ७ मत ल्याउँदै निर्वाचित भएका थिए ।