इलाम । नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाज इलामको अध्यक्षमा याम रसाइली निर्वाचित भएका छन् । ९ औं जिल्ला सम्मेलनबाट रसाइलीको नेतृत्वमा ५१ सदस्यीय समिति चयन भएको हो । उपाध्यक्षमा तारा दियाली र विच्छाराम परियार, सचिव सुमन ल्वागुन, सहसचिव योगेन्द्र शंकर र इन्दिरा देवि विश्वकर्मा तथा कोषाध्यक्षमा लेख नाथ शंकर रहेका छन् ।
जगत ल्वागुन, मित्र गहतराज, राजेन्द्र धमला, सरु गदाल, लगायत सदस्य रहेका छन् ।