इलाम । पुजन मिश्रको आवाजमा सजिएको नयाँ तीज गीत “रोएरै बस्छु“ सार्वजनिक भएको छ । उत्तम कुमार पोख्रेलको शब्द रहेको गीतमा संगीत संयोजन र एरेन्जमेन्ट कमल अधिकारीले नै गरेका हुन । इरा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकडिङ गरिएको गीतको मिक्सिङ सन्तोष पौडेलले गरेका छन् ।
नारीहरुको पिडालाई समेटिएको गीतले तीजको पिडालाई समेटिएको छ । माइतीको पर्खाइमा बसेकी चेली लिन कोही पनि नआएपछि पोखेको पिडा नै गीतको मुल भाव हो । गीत उत्तम कुमार पोख्रेलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।