इलाम । इलामबाट ९ औ राष्ट्रिय खेलकुदको प्रदेश स्तरिय छनौटमा सहभागि हुने रग्बी खेलाडीहरु छनौट गरिएको छ । चुलाचुली गाउँपालिकामा रग्बी संघ इलामले प्रशिक्षणपछि खेलाडी छनौट गरेको हो । पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश टिमका लागि इलामले महिला र पुरुष तर्फ १०/१० जना खेलाडी छनौट गरेको हो ।
टोलीमा महिला र पुरुष तर्फ २ जना बैकल्पिक खेलाडी समेत छनौट गरिएको संघका प्रशिक्षक गंगा प्रसाद फियाक (बिजु) ले जानकारी दिए । चुलाचुली ४ स्थित श्री बालज्योति माविको खेलमैदानमा केही दिनको प्रशिक्षणपछि संघले राष्ट्रिय खेलकुदको प्रदेश छनौटका लागि इलामको टिम तयार गरेको हो ।
महिला खेलाडी : अनिता कम्मर, सुफिया केरुङ, सुजा राई, मनिका लिम्बू, बुद्द राई, सिमा गिरि, बटिसा राई, अनुसा बिक लाम्घादे, सङिता राई, देउकी तामाङ
बैकल्पिक : मनिसा राई
पुरुष खेलाडी : ओसन राई, मनिस दिमाङ, देउकुमार दास, खगेन्द्र खपाङी, प्रबिन चौहान, बिकास राई, मिराज विश्वकर्मा, सावनदावा राई, सुनम राई, निराजन राई र
बैकल्पिक : निरोज राई