Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माङ्सेबुङमा भूमिहीन र अव्यवस्थित बसोबास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

माङ्सेबुङमा भूमिहीन र अव्यवस्थित बसोबास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • लोकल सन्देश
  • आइतबार, भाद्र ५ २०७९


माङ्सेबुङमा भूमिहीन र अव्यवस्थित बसोबास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

माङ्सेबुङ। इलामको माङ्सेबुङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विषयमा एक दिवसीय अभिमुखिकरण कार्यक्रम शनिबार चतुरेमा सम्पन्न भएको छ । माङसेबुङ गाउँपालिकाको आयोजनामा र राष्ट्रिय भूमि आयोग इलाम जिल्लाको सहजिकरणमा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईज्यूको अध्यक्षतामा तथा राष्ट्रिय भूमि आयोग इलाम जिल्ला अध्यक्ष भक्त केसीज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन विषयमा राष्ट्रिय भूमि आयोग इलामका विज्ञ सदस्य श्याम खड्कीज्यूले प्रष्ट पार्नु भएको थियो भने कार्यक्रम कार्यन्वयनको विषयमा राष्ट्रिय भूमि आयोग इलामका सदस्य श्री घनश्याम थापाज्यूले प्रष्ट्याउनु भएको थियो ।

छलफलमा नापी विभागका अधिकृत तथा राष्ट्रिय भूमि आयोग इलामका जिल्ला सदस्य ईश्वर सरले प्राविधिक विषयहरुमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको सहजिकरण गर्दै कार्यक्रम सम्पन्न गर्नका लागि गरिनुपर्ने विषयहरुमा जिल्ला अध्यक्ष भक्त केसीज्यूले बोल्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईज्यूले कार्यक्रमलाई सम्बोधन गर्दै माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईज्यूले यस कार्यक्रम सम्पन्न गर्नका लागि सबै माङसेबुङबासी तदारुक्ताका साथ लाग्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– निर्वाचको समयमा दलगत मुद्दाहरु उठाएर आए पनि भूमि व्यवस्थापनमा राजनीतिकरण नगरी सार्वजनिक सेवाको रुपमा समान सेवा प्रवाह गर्न जनप्रतिनिधिहरुलाई सुझाउनु भएको थियो । राजनीतिक आस्थाको भरमा जनताले पाउनु पर्ने सेवाबाट बन्चित गराउन नहुने बताएनु भयो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापनको विषयमा माङसेबुङका जनताले प्राप्त गर्नु पर्ने जग्गाको विषयमा सबै दलका प्रतिनिधिज्यूहरु, सरोकारवाला, नागरिक समाज, बुद्धिजिविज्यूहरुलाई सहयोगको लागि अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, ५ नम्बर वडाध्यक्ष नरेन्द कुमार राईले आफ्ना कुराहरु राख्नु भएको थियो ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, राष्ट्रिय भूमि आयोगका सदस्य इन्दिरा ढकाल, राष्ट्रिय भूमि आयोग इलामबाट लक्ष्मण यादव, कुठ सुवेदी साथै वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, दलका प्रतिनिधिज्यूहरु, वडासचिवज्यूहरु, शाखागत कर्मचारीसाथिहरु साथै सरोकारवालाज्यूहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार