Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

विविध कार्यक्रमका विच इलाममा विद्युत प्राधिकरणको ३७ औ बार्षिक उत्सव

विविध कार्यक्रमका विच इलाममा विद्युत प्राधिकरणको ३७ औ बार्षिक उत्सव

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २ २०७९


विविध कार्यक्रमका विच इलाममा विद्युत प्राधिकरणको ३७ औ बार्षिक उत्सव

इलाम : नेपाल विद्युत प्राधिकरणले आफ्नो ३७ औ बार्षिक उत्सव विविध कार्यक्रमका बिच मनाएको छ । प्राधिकरणको बार्षिक उत्सवको अवसरमा इलाम वितरण केन्द्रले जग्गादाताहरुलाई सम्मान र वृक्षारोपणको कार्यक्रम गर्दै मनाएको हो ।

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राधिकरणले जग्गादाताहरु मंगलबारेका कृष्ण प्रसाद बास्तोला, मिना कुमारी ढुंगाना र दानबारीका बल बहादुर निरौलालाई सम्मान गरेको हो । त्यसैगरी प्राधिकरणले आफ्ना ६ जना उत्कृष्ट सेवाग्राहीहरुलाई समेत सम्मान गरेको छ ।

कार्यालय परिसरमा विभिन्न जातका विरुवाहरु समेत रोपिएको कार्यालयका कर्मचारी ओम निरौलाले जानकारी दिए । बार्षिक उत्सवकै अवसरमा कर्मचारीहरु विचमा संचालन गरिएको खेलकुद कार्यक्रमका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको जनाइएको छ । कार्यक्रम वितरण केन्द्र प्रमुख डेगराज पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार