Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

इलाममा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन २३ २०७९


इलाममा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

इलाम : इलाममा राहदानी ९पासपोर्ट० लिनेको संख्या झन्डै दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८र७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट तीन हजार सात सय ९८ जनाले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा इलाममामा राहदानी लिनेको संख्या दुई हजार ४५ रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादब राउतका अनुसार विगतका वर्षहरुमा कोभिडका कारणले राहदानी लिनेको संख्या कम भएको र अहिले राहदानी लिनेको संख्या झन्डै दोब्बरले बढेको हो । राउतका अनुसार इलाममा गएको फागुन महिनाबाट ई-पासपोर्ट बनाउन सुरु भएको छ । हालसम्म ई(पासपोर्ट दुई हजार तीन सय ४८ जनाले लिएको समेत राउतले बताए । ।

उहाँका अनुसार पास्पोर्ट बनाउनेमा युवा पुस्ता बढी रहेको पाइएको र रोजगारी भन्दा पनि अध्ययनका लागि जापान,अस्ट्रेलिया लगायतका मुलुकमा जाने भन्दै आउनेको संख्या बढी पाईएको छ । यस्तै २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजको आधारमा नागरिकता लिनेको संख्या दश हजार सात सय ७१ रहेको छ ।

जिल्लाको इलाका प्रशासन कार्यालय र सिमा प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण हुँदै आएको छ । इलाका प्रशासन मंगलबारेबाट दुई हजार सात सय ६२ जनाले नागरिकता लिएका छन् । उता सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक हजार ९८ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन इलाम, इलाका प्रशासन कार्यलय मंगलबारे र सीमा प्रशासन कार्यालय पशुपतिनगर गरी तीनै वटा कार्यालयबाट प्रतिलिपि नागरिकता लिनेको संख्या ७ हजार पाँच सय २३ रहेको छ भने बैबाहिक अङ्गीकृत नागरिकता लिनेको संख्या ७२ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार