Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

ज्योतिको अभिमुखीकरण माईमा

ज्योतिको अभिमुखीकरण माईमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २० २०७९


ज्योतिको अभिमुखीकरण माईमा

इलाम । ज्योति लाईफ इन्स्योरेन्स इलाम शाखाको आयोजनामा माई नगरपालिका शुक्रबारेमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ‘शहरदेखि गाउँसम्म ज्योति लाईफ, घर–घरमा ज्योति लाईफ’ भन्ने नाराका साथ विहिवार नमुना सामुदायिक वन समुहको हलमा अभिमुखीकरण सम्पन्न भएको हो।

स्थानीय ४३ जनाको सहभागिता रहेको कार्यक्रमलाई ज्योती लाईफ इन्स्योरेन्स एरिया सेल्स म्यानेजर नारायण ओझा, वितरण कार्यकारी कमल राई र इलाम शाखा प्रबन्धक भीम पौडेलले बिमाको बारेमा सहजीकरण गरेका थिए । अभिमुखीकरण समापन कार्यक्रम प्रमुख अतिथि माई नगर कार्यपालिका पुर्ब सदस्य राजेन्द्र कुमार धमला, कन्काई माविका सहायक प्राध्यापक खेमराज लिम्बू, पत्रकार विमल दहाल, सहभागी अमृता कालिकोटे, ज्योति लाईफका ईलाम जिल्ला प्रबन्धक भिम पौड्याल, सञ्चालन कमल राई लगायतले मन्तव्य राखेको कार्यक्रम व्यवस्थापक राजकुमार खातीले जानकारी दिए ।

कार्यक्रममा पूर्व नगर कार्यपालिका सदस्य कुमारी रैका, माई(४ नम्बर वडा सदस्यहरू कल्पना वि।क।, सन्तोषी राई, लेखमाया राई, कामना आधारभुत विद्यालय माई–२ का प्रधानाध्यापक चन्द्रमाया परियार, सरस्वती मावि माई –३ का शिक्षक अनुरञ्जन कुमार यादव, स्थानीय समाजसेवी दुर्गाराज शंकर, पत्रकार हरि असीम, गरुवा आधारभुत विद्यालयका शिक्षक प्रेम बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार