Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

‘केपी ओलीका कारण धर्म निरपेक्षता सम्भव बन्यो’ : सुवास नेम्वाङ

‘केपी ओलीका कारण धर्म निरपेक्षता सम्भव बन्यो’ : सुवास नेम्वाङ

  • नमीन ढकाल
  • शनिबार, साउन १४ २०७९


‘केपी ओलीका कारण धर्म निरपेक्षता सम्भव बन्यो’ : सुवास नेम्वाङ

इलाम । नेकपा एमालेका उपाध्यक्ष एवम पुर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाको लडाई केपी ओलीको नेतृत्वबाट सम्भव भएको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता समावेशिता सहितको संविधान निर्माण केपी ओलीको कारणले सम्भव भएको बताए । इलामको चुलाचुलीमा आयोजित पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेले संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरेको बताए ।

‘हामीले धर्म निरपेक्षताको लडाई लड्यौ केपी ओलीको नेतृत्वमा । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता समावेशिता सहितको संविधान हामीले निर्माण ग¥यौ केपी ओलीको नेतृत्वमा । यसमा नेकपा एमाले निरन्तर अगाडी बढ्यो ।’ नेम्वाङले भने नेम्वाङले किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती घोषणा नेकपा एमालेको पहलमा भएको बताए ।

‘हामीले फाल्गुनन्दलाई राष्ट्रिय विभुती घोषणा ग¥यौ । पाटीको निर्देशन अनुसार मलाई हिजो अस्ती जस्तो लाग्छ फाल्गुनन्दलाई राष्ट्रिय विभुती बनाइसके पछाडी क्वाविनेटले निर्णय गरेपछि समाचार लिएर म लारुम्बा आएको थियो । यो प्रेसित गरेको थिए । फाल्गुनन्दलाई राष्ट्रिय विभुती हामीले बनायौ ।’ उनले भने ‘राष्ट्रिय विभुती बनाए देखि फाल्गुननद एउटा समुदायको मात्र रहनु भएन् । सिगो देशको सबै भाषा र संस्कृतिको साझा हुनुभएको छ ।’ उनले केपी ओलीको नेतृत्वमा निर्णय गरेर देशलाई एक ढिक्का बनाउनेमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

करिब साढे १० मिनेट सम्वोधनका क्रममा नेम्वाङले अधिकाँश समय केपी ओलीको तारिफमै विताए । केपी ओली नेतृत्वको एमालेमा लिम्बुवानका कार्यकर्ताहरुले प्रवेश गर्ने निर्णय उपयुक्त भएको बताए । एकतावद्ध पाटी उत्साहको साथ अघि बढ्ने बताए । २०५६ साल देखि चुनाव लड्न थालेपछि एमालेलाई माया गरेको बताए । उनले आफु चुनाव लड्दा गरेको वाचा पुरा भएको बताए ।

‘ निर्वाचन लड्न थाल्दा इलामको कर्णाली भनिने २ नम्बर क्षेत्रमा एउटा विजुलीको बल झुन्डिएको छैन् । एक किमी पक्की छाड्नु कच्ची सडक पनि थिएन् । २ लाइन इभाङ र आमचोकमा थियो त्यो पनि बिग्रिएको अवस्थामा थियो ।’ उनले भने ‘एमालेको नेतृत्वमा कामकारवाही गर्छु भनेको थिए गएको दशैमा शुभकामना दिँदा कर्णाली रहने भनेर घोषणा गर्न सम्भव भयो ।’

उनले मदन भण्डारी राजमार्गमा पर्ने चुलाचुली क्षेत्रमा पुलहरु निर्माण भइसकेकाले रतुवामा आगामी मंसिर देखि गाडी गुड्ने बताए । नेम्वाङले चुलाचुली क्षेत्रमा सम्पुर्ण पुलहरु फागुनसम्ममा सम्पन्न हुने बताए । मदन भण्डारी राजगमार्गमा ठकेदारबाट राम्रो काम भएको बताउँदै नेम्वाङले दमक–चिसपानी, भेडेटार–राँके सडकको काममा हकमा ढिलासुस्ती भएको उल्लेख गरे ।

नेम्वाङले इलाम विद्युतीकरण भएको नमुना जिल्ला भएको बताउँदै पुर्ण विद्युतीकरणको लागि ८५ करोड भन्दा बढिको परियोजना रहेको बताए । उनले दमकसंग जोडेर चुलाचुलीलाई सुन्दर सहरको रुपमा परिकल्पना गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार