Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

शिक्षक माथि यौनहिंसाको आरोप : कार्वाही गर्न विद्यार्थी संगठनको माग

शिक्षक माथि यौनहिंसाको आरोप : कार्वाही गर्न विद्यार्थी संगठनको माग

  • गोपाल गिरी
  • शनिबार, साउन १४ २०७९


शिक्षक माथि यौनहिंसाको आरोप : कार्वाही गर्न विद्यार्थी संगठनको माग

कन्याम । शिक्षकहरु समाजको उज्यालो ज्योति को रुपमा कहलिन्छन् शिक्षण पेसा आफैमा एउटा प्रतिष्ठित र सम्मानित पेसा पनि हो । हरेक शिक्षकको नजरमा आफ्ना छात्र छात्रा आफ्नै छोराछोरी समान हुन्छन् भन्ने आम विश्वास पनि छ।तर पछिल्लो समयमा कतिपय विद्यालयहरुमा शिक्षकले यौन हिंसा गरेको घटना बारे समाचारहरु बाहिरिने गरेका छन् ।

सुर्योदय नगरपालिकाको प्रतिष्ठित विद्यालय श्री कृष्णाश्रम माविका एक शिक्षक लाई आफ्नै छात्रा माथि सामाजिक सन्जालको दुरुपयोग गरि अश्लील शव्द प्रयोग गरेको आरोप छ । शिक्षक यौन हिंसाजन्य अपराधमा सरिक भएको आरोप लागे पछि यस क्षेत्रका शिक्षासेवी ,सरोकारवाला तथा अभिभावकहरु चिन्तित बनेका छन् ।

वडा नं ७ मा रहेको विद्यालयमा विज्ञान विषय अध्यापन गराईरहेका शिक्षक रमेश पौडेलले सामाजिक सन्जान मार्फत एसईई परीक्षा दिएर घरमै रहेकी एक छात्रा माथि सामाजिक सन्जाल मार्फत अश्लील शव्द प्रयोग गरेको गरि यौन हिंसा जन्य अपराधमा आरोप लागे पछि विद्यार्थी को हक हितमा लागेका संगठन हरुको चासो बढेको छ ।

यसै क्रममा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पिडितको पक्षमा आफूलाई उभ्याउदै पिडक माथि हदैसम्म को कार्वाही को माग राखेको छ । विद्यालय र शिक्षकहरूमा नैतिकता सिकाईनु पर्ने पवित्र स्थानमा आफ्नो मर्यादा भूलेर गैरजिम्मेवारी ढंगले अराजक गतिविधि हुनु निकै गम्भीर विषय रहेको क्रान्तिकारीको ठहर छ ।

मर्याहिन शिक्षक समाज र राष्ट्र को लागि पनि अपराधी हुने आफ्नो ठहर रहेको शेखर तिम्सिना द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘शिक्षक लाई हदैसम्मको कार्वाही को माग गर्दै पिडित विद्यार्थी लाई न्याय दिलाउन सम्वन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार