Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्याेदयकाे शैक्षिक सुधारका लागि विज्ञसंग अन्तरक्रिया

सूर्याेदयकाे शैक्षिक सुधारका लागि विज्ञसंग अन्तरक्रिया

  • लोकल सन्देश
  • शुक्रबार, साउन १३ २०७९


सूर्याेदयकाे शैक्षिक सुधारका लागि विज्ञसंग अन्तरक्रिया

फिक्कल । शिक्षा क्षेत्रमा फड्को मारिरहेको इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बिज्ञ सहित सरोकारवाला संग छलफल कार्यक्रम सम्पन्न गरेको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार नगरले शिक्षा क्षेत्रमा गरिरहेका काम र आगामी योजना बारे बिज्ञ सहित सरोकारवाला संग छलफल गरेको हो ।
सरोकारवालाको छलफल कार्यक्रममा शिक्षाविद प्रा.डा बिद्यानाथ कोईरालाले बिद्यालयमा अध्ययन गराईने प्रत्येक कुरालाई ब्यवहारिक र बैज्ञानिक बनाउनु पर्ने बताए । उनले बिद्यालयको अनुगमन गर्दा राजनीतिक आस्थाका आधारमा नभई प्रविधिको सहयोगमा गर्न सके सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न सकिनेमा जाेड दिए ।
प्रा.डा कोईरालाले भने ‘अव कुन शिक्षक कुन पार्टीको भनेर च्याप्ने, परपर पार्ने होईन, राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गर्नु पर्छ ।’ उनले कोभिडको कारण देखाएर बिद्यालयले अहिले पनि ठग्ने गरेको आरोप लगाए । कोईरालाले शिक्षकले नयाँ नयाँ कुराको खोजी गर्नु पर्ने बताए । ‘अव पालिका भित्र को ब्यक्तिमा के सीप छ खोजेर बिद्यार्थीलाई सिकाउनु पर्छ , बिज्ञ गाउँमै छन पहिचान गर्नु पर्छ’ कोईरालाले भने
उनले देशभरका ६ हजार माध्यमिक बिद्यालय मध्ये हाल ७१ वटामा मात्र बिषयगत शिक्षक रहेको जानकारी दिए । ‘बिषयगत शिक्षक अभाव भनेर बस्ने होईन, एउटा बिद्यालयको शिक्षकलाई १० वटा बिद्यालयमा प्रविधिको प्रयोग गरी पढाउन लगाउने हो ।’
कार्यक्रममा स्थानीय पाठ्पुस्तकका सम्पादक बिवेक बिनयीले आध्यात्मिक शिक्षाबारे प्रस्तुतीकरण गरेका थिए । उनले आध्यात्मिक चिन्तनलाई पहिले शिक्षकले मनन गरेर कक्षा कोठामा पढाउन जान सके शैक्षिक सुधारमा धेरै सहयोग पुग्ने बताए ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गा बराल, स्थानीय पाठ्क्रमका सम्पादक डा.गणेश अधिकारी, शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई लगायतले शिक्षा क्षेत्रको सुधारमा गर्न सकिने प्रसायका बारेमा जानकारी गराएका थिए ।
बिद्यालय ब्यवस्थापनि समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक लगायत १ सय भन्दा बढि सहभागी कार्यक्रममा स्थानीय पाठ्यक्रम सम्बन्धी प्रवोधीकरण कार्यशाला समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार