Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा किरात राजा यलम्बरको सालिक स्थापना

माङसेबुङमा किरात राजा यलम्बरको सालिक स्थापना

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन १० २०७९


माङसेबुङमा किरात राजा यलम्बरको सालिक स्थापना

माङसेबुङ । माङ्सेबुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रथम किरात राजा यलम्बरको सालिक निर्माण गरिएको छ । किरात धर्मावलम्वीको आस्थाको केन्द्र पवित्र धार्मिक तिर्थस्थल इलामको माङ्सेबुङको भालुटारस्थित बुधबारेमा यलम्बरको पूर्ण कदको सालिक निर्माण गरिएको हो ।

किरात शासनकालको शासकीय इतिहासलाई जीवन्त पार्दै सिंगो किरात समुदायको पहिचानलाई स्थापना गर्न माङसेबुङमा सालिक स्थापना गरिएको माङ्सेबुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए ।
सो सालिक स्थापनाका लागि माङ्सेबुङ गाउँपालिकाको आथिर्क वर्ष २०७६र७७ अन्तर्गत १० लाख र आर्थिक बर्ष २०७८र७९ मा वडा नं ५ को वडा बजेटबाट तीन लाख गरी कूल १३ लाखको लागतमा निर्माण गरिएको यलम्बर सालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसहाङ सावदेनले बताए ।

कोरोना संक्रमणका कारण निर्माण कार्यमा केहीँ ढिलाई भएपनि असार अन्तिम साता निर्माणका सम्पूर्ण कार्य सकिएको उपभोक्ता समितिले जनाएको छ । सालिकको रंगरोगन गर्ने, बाहिर रेलिङ बनाउने र बति लगाउने कार्य समेत सकिएको समितिका अध्यक्ष सावादेनको भनाई छ ।

इलामको माङसेबुङमा पहिलो पटक स्थापना गरिएको यलम्बरहाङको सालिक निर्माणमा ७ लाख रुपैया खर्च भएको अध्यक्ष सावदेनले बताए । वि.स २०७२ फागुन २० गते नेपाल सरकारबाट कानुनी रुपमा निषेधित क्षेत्र घोषणा गरिएको थियो । किरात धार्मिक संस्थाहरुको समन्वयनमा स्थानीय नागरिक समाज, राजनीतिक दल, समाजसेवीहरुको उपस्थितीमा जिल्ला प्रशासन कार्यालय इलामका तत्कालीन सहायक प्रमुख अधिकारी सुजन फागोले निषेधित क्षेत्र घोषणा गरेका थिए।

साप्ताहिक रुपमा लाग्दै आएको बुधबारे हटियामा यलम्वरको सालिक निर्माण कार्यले माङ्सेबुङमा स्थानीय पर्यटकको आकर्षण बढेको स्थानीय व्यवसायी जुनु माखिमले बताएकी छन् । बाह्रय तथा आन्तरिक पर्यटकहरुको आगमन बढ्ने सम्भावना भएसँगै स्थानीय होमस्टे र होटल व्यवसायीहरु खुसी बनेको उनले बताइन् ।

 सरस्वती माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र थेगिमका अनुसार  सालिक निर्माणले बजार क्षेत्रमा आकर्षण थपेको छ । यसैगरी किरात इतिहासमा उल्लेखित यलम्बर हाङ्ले वर्तमान समयमा पनि उतिकै किरातहरुको गौरवमय गाथालाई जनसमक्ष प्रत्यक्ष रूपमा अनुभूत गराएको छ ।

यसरी शुद्ध शाकाहारी क्षेत्रको रुपमा स्थापना गरिएको सालिकले माङसेबुङको आकर्षणको लागि सालिक स्थापनाको लागि फराकिलो ठाउँको व्यवस्थापन गर्न नसकिएकोले बुधबारे बजार क्षेत्रमा सांघुरो ठाउँमा स्थापना गरिएको स्थानीयको भनाई छ । डा भक्त साम्पाङ राईको नययनभित्रका लेख अनुसार किरात राजा यलम्बरको बारेमा नेपालको इतिहासका अध्येता प्राध्यापक दिनेशराज पन्तको नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘प्रथम किरात राजा यलम्बरको समय’ नामक पुस्तक र नयानाथ पौडेल, देविप्रसाद लम्सालद्वारा प्रकाशित ब्रायनको ‘हिस्ट्री अफ नेपाल’ पुस्तक अनुसार यलम्बर किरातीहरुको प्रथम राजा हुन् ।

जसले किरातीहरुको रहनसहन, व्यापार व्यवसाय लगायत भाषा, धर्म, संस्कार, संस्कृति जोगाउने कार्य गरेका थिए । किरातीहरुको सम्पूर्ण दाजुभाइहरु राजा हुने चलन चल्तिलाई किरात शासन भनिन्छ । ३२ राजाहरुमध्ये प्रथम यलम्बर  ले काठमाडौ उपत्यकामा आफ्नो राज्य स्थापित गर्दै ९० वर्ष लामो शासन गर्ने किराती राजा हुन ।

सो शालिक निर्माणका लागि स्थानीय तह माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय समुदायको जनश्रमदानबाट निर्माण कार्य सम्पन्न गरिएको समितिका अध्यक्ष सावादेनले बताए । यलम्वरको सालिक निकट भविष्यमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा किरात गुरुआमा पवित्रहाङमा सावाको उपस्थितीमा अनावरण गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार