माई नगरपालिकाको परिचय
गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरी नेपाल सरकारले इलाम जिल्लाका साविक दानाबारी, चिसापानी, महमाई गा. वि . स. र लक्ष्मीपुर वडा नं – ५ मिलाएर २०७३ सालमा प्रदेश नं १ को ईलाम जिल्ला माई नगरपालिका घोषणा गरेको हो । २४६.११ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको नगरपालिकामा १० वटा वडा रहेका छन् । भौगोलिक हिसाबले यो नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांश र ८७ डिग्री ५२ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । ३२५७६ (२०६८ को जनगणना बमोजिम) जनसंख्या रहेको माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठूलो स्थानीय तह/नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।
यो नगरपालिका पूर्वमा सूर्योदय नगरपालिका र रोङ गाउँपालिका, पश्चिममा माङ्सेबुङ्ग र चुलाचुली गाउँपालिका , उत्तरमा ईलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा, कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित माई नगरको वडा नं -२ शितलीलाई नगरपालिकाको केन्द्रको रुपमा तोकिएको छ । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस नगरपालिकाको गहनाको रुपमा रहेको छ । धान, केरा, सुपारी र मासु उत्पादनको लागि ईलाम जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेती पनि उल्लेख्य रुपमा रहेको छ ।
विश्वव्यापी महामारीको कारण जनशक्ति तथा स्रोतसाधनसमेत महामारी रोकथाम तथा नियन्त्रणमा परिचालन गर्नु परेकोले दैनिक प्रशासन, विकास निर्माणका काम समेत प्रभावित भई जुन रुपमा नगरको समग्र विकासलाई अगाडी लैजानु पर्ने हो सो समेत हाम्रो सक्रियता हुँदाहुदै पनि संभव हुन नसकेको यथार्थ रहेको छ ।
स्थानीय सरकारको रुपमा पहिलोपटक निर्वाचन भई निर्वाचित समितिले कार्यभार संहाल्दा कार्यालय संचालन गर्न उपयुक्त भवन, आवश्यक जनशक्ति, दैनिक कार्य सं चालनको लागि ऐन, नियम, कार्यविधिसमेत नभएको अन्योलको अवस्थामा कामको थालनी गरेको माई नगरपालिकाको पहिलो निर्वाचित समितिले स्थानीय सरकारको रुपमा ५ बर्षमा निम्न मुख्य-मुख्य कामहरु सम्पादन गरेको छ ।
- प्रशासन शाखाः
स्थानीय सरकारले अवधिमा बनाएका ऐन नियमहरु
संविधानले स्थानीय तहका एकल अधिकारहरु कार्यान्वयनको लागि यो अवधिमा स्थानीय सरकारको रुपमा आफ्नो कार्यालय व्यवस्थित गर्ने तपसिल बमोजिमका ऐन, नियमावली, कार्यविधि निर्माण भई कार्यान्वयनको चरणमा रहेका छन् ।
- ऐन–११ वटा
- नियमावली–४ वटा
- कार्यविधि –२२ वटा
- कार्यादेश/मापदण्ड–३
जम्मा: ४०
आर्थिक बर्ष २०७४/०७५ देखि हालसम्म भएका नगर कार्यपालिकाको बैठकहरु
| क्र.सं. | आर्थिक बर्ष | बैठक संख्या | कैफियत |
| १ | २०७४/०७५ | ४१ वटा | |
| २ | २०७५/०७६ | २० वटा | |
| ३ | २०७६/०७७ | २६ वटा | |
| ४ | २०७७/०७८ | २० वटा | |
| ५ | २०७८/०७९ | १४ वटा |
- भूमिहीन सुकुम्बासी दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सम्बन्धी सुरुवात
भूमि सम्बन्धी समस्या समाधान आयोग र नगरपालिकाबीच मिति:- २०७७/०८/२२ गते सम्झौता भईमिति:- २०७७/०९/११ गते लगत संकलन इकाईको स्थापना गरियो ।
भए गरेका कार्यहरु
- भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन ७४६६ वटा
- कम्प्युटर प्रविष्टि ४२००
- प्रत्येक वडामा नियन्त्रण विन्दु रेकी स्थापना गर्ने काम
| वडा नं. | नियन्त्रण विन्दु सम्पन्न संख्या | वडा नं. | नियन्त्रण विन्दु सम्पन्न संख्या |
| १ | ४० | ६ | ३८ |
| २ | ७० | ७ | १२ |
| ३ | ६९ | ८ | ३० |
| ४ | ६० | ९ | ६४ |
| ५ | कार्य हुँदै गरेको | १० | कार्य हुँदै गरेको |
जनशक्ति
कार्यक्रम सम्पर्क व्यक्ति – अधिकृत स्तर छैठौँ १ जना ।
कम्युटर अपरेटर – सहायक पाचौँ १ जना
सहायक कम्प्युटर अपरेटर – सहायक चौँथो १ जना
सर्वेक्षक – सहायक पाचौँ १ जना
अमिन – सहायक चौँथो ८ जना
- संघ संस्था तथा सहकारी सम्बन्धी अवस्थाः
स्थानीय सरकारको कार्यक्षेत्रभित्र रहेका सहकारीहरुको दर्ता अनुगमन तथा खारेजी लगायतका अधिकार स्थानीय सरकारमा निहीत रहेको छ । यस नगरपालिकामा साविक डिभिजन सहकारीबाट हस्तान्तरण भएका ३१ र यस पालिकामा नै दर्ता भएका ६ गरी जम्मा सहकारी संघ संस्थाहरु ३७ वटा छन् । यद्यपी सहकारीहरुको सञ्चालन, व्यवस्थापन, लेखापरीक्षण लगायतका कार्यहरु तोकिए बमोजिम हुन सकेका छैनन् ।
- धार्मिक तथा पर्यटन विकास
- पर्यटकीय क्षेत्रको लागि मैनाचुली, छुरे भिर, धोद्रे गुफा, कोइलादेन भ्यू टावर र गुनगुने लगायतका पर्यटन विकासका क्षेत्रहरु वार्षिक कार्यक्रममा विकास गर्दै लगिएको छ ।
- यस नगरपालिकाका वडा नं २ मा पर्यापर्यटन सिटी परियोजना निर्माणाधीन अवस्थामा रहेको छ ।
- निजी लगानीमा यस न.पा. को सहमती लिई वडा नं २ को चेप्टीमा हेप्पी ड्रिम्स पार्क प्राइभेट क्षेत्रबाट लगानी गरी निर्माण गरिएको ठुलो महत्वकांक्षी पार्क हो । करिब २०० रोपनीभन्दा बढी क्षेत्रफलमा बनेको यस पार्क पर्यटक आकर्षणको मुख्य केन्द्रको रुपमा रहेको छ ।
मठ मन्दिर चर्च गुम्बा संरक्षण
यस नगरपालिकामा शिव पाञ्चायन, शिवपोखरी, शिव दुर्गा धाम लगायतका करिब ७० मठ, मन्दिर, चर्च र गुम्बा रहेका छन् । सबै धर्मको सामान विकासका लागि बार्षिक कार्यक्रममा समावेश गरी नयाँ निर्माण एवं मर्मत सुधारका कामहरु भइरहेका छन् ।
- सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाः
- न.पा. मा कार्यलयत २ जना MIS Operator र एकजना Fild assistant गरी जम्मा ३ जना कर्मचारीद्वारा सेवा संचालन भैरहेको छ ।
- साविकका ३ वटै गाविसका वि.स. २०४० साल देखिका पूराना घटना दर्ताका अभिलेखलाई पुर्ण रुपमा विद्युतिय अभिलेखीकरण (डिजिटलाईज्ड) भैसकेको छ ।
- पञ्जिकरण अन्तर्गत जन्म, मृत्यु, विवाह, बसाइसराई . सम्बन्ध विच्छेद सम्बन्धी १० वटै वडामा पूर्णरुपमा विद्युतीय घटनादर्ता अन्तर्गत ५५०० जनाको घटना दर्ता गरिसकिएको छ ।
- १० वटै वडाका २७११ सामाजिक सुरक्षा लभग्राहीहरुलाई बैंकिङ् माध्यम मार्फत सेवाग्राहीको खातामा सोझै रकम भुक्तानी गर्ने विद्युतीय सिस्टमलाई १००% लागूगरी संचालनमा ल्याइएको छ ।
- घटनादर्ता तथा सामाजिक सुरक्षा भत्ता अन्तर्गत नागरिकको घरघरमा पँहुच विस्तारको निम्ति घटना दर्ता शिविर संचालन, पोष्टर पम्पेलट वितरण, माईकिङ् तथा FM मा विज्ञापन प्रसाण गर्ने कार्यलाई जारी गरिएको ।
- १० वटै वडाका कर्मचारी तथा नगरपालिकामा कार्यरत सम्बन्धित कर्मचारीहरुलाई आवश्यक प्राविधिक तथा सूचना व्यवस्थापन प्रणाली संचालन,नियन्त्रण सम्बन्धी तालिम बर्षमा न्यूनतम एउटा संचालन गरिदै आएको छ ।
- स्वास्थ्य शाखाः
- १५ सैयाको माई अस्पताल संचालन गरी स्वास्थ्य विमा सुचारु गरिएको छ ।
- नगरपालिकामा ३ वटा स्वास्थ्य चौकी मात्र रहेकोमा सबै वडामा स्वास्थ्य पँहुच पुर्याउन संघीय सरकारको नीति अनुसार थप ७ वटा आधारभूत स्वास्थ्य चौकी स्थापना गरी सबै वडामा स्वास्थ्य सेवा संचालन गरिएको छ ।
- सुविधा सम्पन्न अस्पतालमा बिरामी लैजान सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले आफ्नै स्रोतबाट एम्बुलेन्स खरिद गरी संचालनमा ल्याएको छ ।
- कोरोना संक्रमण नियन्त्रणको लागि जनस्वास्थ्यलाई प्राथमिकता दिई निम्न कार्यक्रमहरु संचालन गरिएको थियो ।
- जम्मा कोरोना परिक्षण – 2771 ,PCR – 1151,Antigen-1620 ,Positive cases – 455, Death – 10
- कोरोना संक्रमितलाई उपचार ,नि:शुल्क एम्वुलेन्स सेवाको उपलब्धता ,मृतकको दाह संस्कार नगरपालिका बाटै गरिएको थियो ।
- क्वारेन्टाइन स्थापना संचालन सेवा प्रबाह गरियो ।
- ६५ वेड क्षमताको क्वारेन्टाइन स्थापना गरी संचालन गरियो ।
- Positive विरामीलाई घरैमा गई स्वास्थ्यकर्मिद्वारा उपचार सुविधा दिएको ।
- आवस्यक परेको ठाँउमा अक्सिजन लगायतका स्वस्थ्य सामग्रीको व्यवस्थापन गरीयो ।
- माई अस्पताल, चिसापानी स्वास्थ्य चौकी र महमाई स्वास्थ्य चौकीमा ल्याबको स्थापना गरियो ।
- माई अस्पतालमा भिडियो एक्सरेको व्यवस्था , टोल-टोलमा घुम्ती गर्भवती महिलाको भिडियो एक्सरे व्यवस्था गरियो ।
- माई अस्पतालमा २४ घण्टा एमर्जेन्सी सेवा संचालनको व्यवस्था गरिएको छ ।
- शिविरहरु – आयुर्वेद शिविर -१ , विशेषज्ञ स्वास्थ्य सेवा -३ संचालन गरिएको छ ।
- माई आयुर्वेद औषाद्यालयको स्थापना ,आरोग्य केन्द्रको सेवा विस्तार २०७७/७८ देखि ।
- अक्सिजन शिलिन्डर र कन्सन्ट्रेटर -Oxygen concentrator – 10,Oxygen Cylinder -8 व्यवस्था गरिएको छ ।
- नमूना ग्रामीण आमा सुरक्षा कार्यक्रम माई अस्पतालमा आ.व २०७७/७८ स्थापना गरी संचालनमा रहेको छ ।
- बर्थिङ सेन्टरमा प्रशुतिहुने आमालाई थप ५०००।- यातायात खर्चको व्यवस्थापन उपमेयर सुत्केरी पोषण कार्यक्रम द्वारा सम्मान गरिएको छ ।
- सूचना प्रविधि शाखाः
- सबै सामुदायिक विद्यालयमा इनटरनेट विस्तार गरिएको छ ।
- सुरुवाती अवस्थामा वाईफाइ जडान गरी हाल १० वटै वडामा फाइबर मार्फत इन्टरनेट संचालनमा ल्याई सम्पूर्ण कार्य बिद्युतीय माध्यमबाट संचालन भइरहेको छ ।
- नगरपालिका कार्यालयमा सूचना प्रवाहको माध्यम अनलाइन मोबाइल ग्रुप एस एम एस तथा अडियो नोटिस बोर्डको स्थापना गरियो ।
- पालिकाको सूचना प्रवाह गर्न वेब साइट तथा मोबाएल एपको प्रयोग गरिएको छ ।
- जनमानसमा द्रुत गतिमा सूचना प्रवाह गर्न फेसबुक पेज, ट्वीटर तथा युट्युब च्यानलको प्रयोग भएको छ ।
- सबै वडाक, नपा कार्यालयमा समेत इमेल निर्माण गरी सूचना/परिपत्र (आन्तरिक/बाह्य) सबै प्रयोजनमा प्रयोग गर्ने गरिएको छ ।
- नपा कार्यालयमा डिजिटल डिस्प्ले(सूचना बोर्ड र नागरिक वडापत्र) जडा गरिएको छ ।
- नगर भिडियो वस्तुस्थिति निर्माणको क्रममा रहेको ।
- नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा आनलाइन मार्फत राजश्व संकलन तथा व्यवसाय घटना दर्ता गर्ने प्रणाली संचालनमा रहेको छ ।
- सबै सामुदायिक विद्यालय, नपा कार्यालय, माई अस्पताल लगायत स्थानमा विधुतीय हाजिरीको प्रयोग गरी अनलाइन हाजिरी व्यवस्थापन प्रणालीको प्रयोग गरिएको छ ।
- लेखासम्बन्धी कार्यको लागि सूत्र अनलाइन प्रणालीको प्रयोग गरिएको छ ।
- ठेक्कापट्टाको काम e-bidding मार्फत हुने गरेको छ ।
- कार्यालयको सुरक्षाको लागि CCTVजडान गरिएको छ ।
- नपा कार्यालयमा मेनेजेबल स्विच/राउटर सहितको इन्टरनल नेटवर्कको स्थापना गरिएको छ ।
- विभिन्न विद्यालयमा स्मार्ट इन्टरएक्टिभबोर्ड मार्फत पठनपाठनको थालनी भएको छ ।
- शिक्षा शाखाः
- बालबालिकाहरुको विद्यालयको पँहुचलाई कायम राख्न र सिकाइलाई निरन्तरता दिन सामुदायिक विद्यालयतर्फ माध्यमिक कक्षा (११-१२) मा २ वटा, माध्यमिक कक्षा (९-१०) मा ३ वटा र आधारभूत तह कक्षा (६-८) मा ३ वटामा कक्षा थप भएको छ ।
- विद्यार्थी संख्या कम भई विद्यालय एकीकरण तथा समायोजन भएका ५ वटा सामुदायिक विद्यालयहरुका शिक्षक तथा कर्मचारीको व्यवस्थापन भएको छ ।
- नेपाल सरकारले निर्धारण गरेको समयमा शिक्षक दरबन्दी मिलान गरी शिक्षा विकास तथा समन्वय इकाइबाट प्राथमिक तहको १० वटा दरबन्दी प्राप्त भएको छ ।
- नेपाल सरकारको ससर्त अनुदानबाट प्राप्त रकमबाट ४ कोठे भवन ४ वटा, २ कोठे भवन १२ वटा निर्माण सम्पन्न भई कक्षा सञ्चालन भईरहेको र ६ कोठे भवन २ वटा र २ कोठे एउटा निर्माणधीन रहेका छन् ।
- प्रदेश सरकारबाट प्राप्त ६ कोठे भवन एउटा र प्रदेश सरकार र स्थानीय तहको लागत साझेदारीमा थप एउटा ९ कोठे भवन निर्माण सम्पन्न भई कक्षा सञ्चालन भएको छ ।
- नेपाल सरकारको सहयोगमा ६ बटा WASH सहितको शौचालय निर्माण गरी सञ्चालनमा गरिएको छ ।
- नेपाल सरकारको सहयोगमा २ वटा विद्यालयहरुको सबलीकरण (Retrofitting) भएको छ ।
- कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा सञ्चालन भएको छ ।
- माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयहरुमा इन्टरनेट जडान भएको र आधारभूत तह सञ्चालित सामुदायिक विद्यालयहरुमा इन्टरनेट जडानको प्रक्रियामा रहेको छ ।
- हरेक वर्ष नगरस्तरीय राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिता सञ्चालन गरिएको छ ।
- बालविकास शिक्षक तथा विद्यालय सहायक तथा सहयोगी कर्मचारीहरुलाई नेपाल सरकारले निर्धारण गरेको न्यूनतम मासिक पारिश्रमिक रु १५०००/- पुर्याउँदा थप गर्नुपर्ने रकम स्थानीय तहले थप गरेको छ ।
- १६ वटा सामुदायिक विद्यालयहरुमा ICT ल्याब,५ वटामा विज्ञान प्रयोगशाला र ४ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना भइसकेको छ ।
- ४ वटा सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना भएको ।
- गरुवा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्न क्याम्पसलाई एकमुष्ट अनुदान दिइएको छ ।
- नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयका कक्षा ६-१२ मा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड वितरण गरिएको छ ।
- सामुदायिक तथा संस्थागत विद्यालयका ३१२ जना शिक्षक तथा कर्मचारीहरुको एकै पटक कोरोना बीमा गरिएको छ ।
- शिक्षामा सबैको पँहुचका लागि ८ जना बाल विकास शिक्षकहरुको व्यवस्थापन गरिएको छ ।
- ३ वटा प्रस्तावित माध्यमिक विद्यालयहरुका लागि विद्यालय सहायक कर्मचारीको व्यवस्थापन गरिएको छ ।
- २ वटा सामुदायिक विद्यालयहरुमा स्थानीय लिम्बू भाषा अध्यापन गर्न शिक्षकहरुको व्यवस्थापन गरिएको छ ।
- प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई नगरपालिकाबाट छात्रवृत्ति वितरण गरिएको छ ।
- योजना र पूर्वाधार शाखाः
- संघीय, प्रदेश सरकारको अनुदान र स्थानीय राजश्व परिचालनबाट सम्पन्न गरिएको योजनाहरुः
खानेपानी, सडक (मर्मत, स्तरोन्नती, ट्राक ओपन), तटबन्धन, फलफुलको विरुवा वितरण, उन्नत जातको बोका वितरण जस्ता योजनाहरु उपभोक्ता समिति मार्फत २०७८ चैत्र मसान्त सम्ममा ३२३९ योजनाहरु सम्पन्न भएका छन् ।
- संघीय सरकार, प्रदेश सरकारको अनुदान सहयोग र स्थानीय स्रोत परिचालनवाट संचालित निर्माण व्यावसायी मार्फत संमपन्न गरेका योजनाहरुः
- आर.सी.सी र प्रि-इस्ट्रेसड मोटोरेबल पुल : ( माई खोला-१,लक्ष्मी खोला-१,लोदिया खोला-२ बनिसकेको र लोदिया-१, बूढी सुखानी खोला-१, सुखानी खोला-२, गरुवा खोला-१ मा निर्माणधीन )।
- सस्पेन्सन ब्रिज ( डी र एन प्रकारका ) : ( माई खोला-४, गरुवा खोला-१, लेवा खोला-१, लोदिया खोला-१ मा निर्माण सम्पन् र गरुवा खोला-१, कालीखोला-१ र सुखानी खोला-१ मा निर्माणधिन) ।
- कोल्डस्टोर भवन निर्माण-२ वटा
- वडा कार्यलय भवन-१ (२ नं)
- आधारभूत स्वास्थ चौकी निर्माण : ( वडा न. १, ३, ४, ६, ८ र १० )
- खोप केन्द्र भवन : ३ वटा
- माई नगरपालिका प्रशासकीय भवन तथा कम्पाउण्ड वाल निर्माण ।
- बाह्रधार्ने धर्मशाला निर्माण ।
- सुखानी अध्ययन केन्द्र भवन निर्माण ।
- १५ सैया अस्पताल भवन निर्माणाधीन ।
- स्ल्याब कल्भर्ट – ३६ वटा
- कज्वे – २६ वटा
- पाइप कल्भर्ट – २५ वटा
- डम्पिङ्ग साइट – १ वटा
- सार्बजनिक सौचालय – ५ वटा
- नया ट्रयाक ओपन : ६० कि.मि.
- ग्राबल गरेको बाटो : ४० कि.मि.
- सडक सौर्य बत्ति जडान ( सुक्रबारे र सितली बजार )
- बाटो स्तारोन्नती : ( भतभते झुलूंगे पुल – लक्ष्मी चोक – किराँत चोक बाटो , राते खोला – दोमुखा बाटो , तिरतिरे लखन चोक –खर्बनी बाटो , मुसे खोला – गुन्मुने – बतासे बाटो , घुम्ती – संधुवा – खात्रक्पा बाटो , बगैचा – लोदिया – ढोडेनी – रुपा डाँडा बाटो , दाहालटार – थाक्ले – खरबनि – हन्खिम बाटो , राँगापानी – रुप डाँडा – लुम्बक – सुर्योदय बाटो , सितली – कामिटार – कालीखोला – काभ्रेभन्ज्यांग – तिन घरे बाटो , लोदिया खोला – करफोक खोला बाटो , ढालापानी – ढकने – सिमले – चेप्टि बाटो , जाली खोल्सी – शिव पोखरी – चेप्टि बाटो , गंगटे – कट्टेलटार – सात तल्ले – बूढी सुखानी बाटो , कुम्भिटार – धोवी खोला – बुच्चे टार – रमिते – हंखिम बाटो , लामपाते खोल्सी- एक्लेबर – टुडे – थाक्ले बाटो ) ।
- हरेक माई बासीलाई “घरघरमा स्वच्छ पिउने पानीको व्यवस्था” भन्ने नाराका साथ स्थानीय स्रोतबाट बार्षिक रुपमा रकम विनियोजन गरी साना योजनाहरु संचालन गर्दै आएकोमा सित्तली खानेपानी आयोजना संचालन गरिएको ।
- “उज्यालो युक्त माई नगरपालिका” भन्ने नाराका साथ विद्युत नपुगेका घरहरुमा विद्युत लाईन विस्तार र काठको पोल विस्थापन गरी फलामे पोल राख्ने कार्य विद्युत प्राधिकरणको सहकार्यमा निरन्तर संचालन भइरहेको ।
- प्रदेश सरकारको अनुदानमा सुखानी देखि शितली हुदै लोदिया खोलासम्म १४.७ कि मि कालोपत्रे मोटरेवल सडक निर्माण ।
- संघीय सरकारको सहयोगमा माई सिटी पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत निर्माण भईरहेको ।
- प्रधानमन्त्री स्वरोजगार कार्यक्रमः
नेपाल सरकारले वेरोजगार नागरिकहरुलाई रोजगार सिर्जना गरी रोजगारका लागि कार्य गर्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आ.व. २०७६/०७७ बाट संचालन गरेकोमा यस नगरपालिकाले ५९८ जनालाई ३९ योजनाहरुमा ३८६७७ दिन रोजगार उपलब्ध गराइएको छ ।
- उद्यम विकास कार्यक्रमः
- कार्यक्रम संचालनका लागि उद्यम विकास समिति गठन गरी स्रोत सम्भाव्यता अध्ययन गरिएको ।
सबै वडाका ४३० जनालाई उद्यम विकास तालिमा सहभागी गराएको ।
माई नगरपालिकाका मेड्पा सहभागीहरुलाई ४ वटा केन्द्र वनाई उद्यमशिलता विकास तालिम संचालन गरिएको छ ।
उद्यमशिलता तालिम पश्चात छनौट भएको व्यवसायको प्रकृति अनुसारको सिप विकास तालिम संचालन गरीएको थियो । जस अन्र्तगत सिलाइ कटाई ४८ जनालाई, वंगुर पालन सीप विकास तालिम ३० जनालाई, तरकारी खेती सिप विकास तालिम १४ जनालाई, वाख्रा पालन सीप विकास तालिम ३६ जनालाई, हाउस वाईरीङ १० जनालाई र ब्युटीपार्लर तालिम आदी संचालन ।
९ वटा समुह गठन गरिएको छ ।
व्यवसाय संचालन गर्न लगानी जुटाउनका लागि लघुवित्त पहुच र्काक्रम संचालन गरिएको छ ।
वजार व्यवस्थापन र व्यवसाय संचालन गर्नका लागि थप हौसला दिन वाख्रा र बंगुर पालन व्यवसायीहरु लाई व्यवसायीक अध्ययन अवलोकन र भ्रमण गराइएको छ । - जिन्सी शाखाः
- माइ नगरपालिका नगरकार्यपालिकाको विभिन्न शाखाहरु तथा वडा कार्यालयहरुमा फर्निचर तथा मेशिनरी सामानहरुको व्यवस्थापन गरिएको छ ।
- जग्गा नापजाँचका लागि टोटल स्टेशन र स्मिथ ह्याम्बरको व्यवस्थापन गरिएको छ ।
- नगरकार्यपालिकाको कार्यालय तथा नगर अस्पतालका लागि विद्युत नभएको वेलामा विद्युत आपुर्ति गर्न जेनेरेटरको व्यवस्थापन गरिएको छ ।
- नगरपालिकाको कार्यालयको लागि २ रोपनी ६ आना, माइ नगरअस्पतालका लागि ९ रोपनी जग्गा, २ नं वडा कार्यालयका लागि ३ रोपनी, १० नं वडामा वडा कार्यालय र स्वास्थ्य चौकीकी लागि २ रोपनी १० आना, वडा नं ६ मा सामुदायीक भवन र स्वास्थ्य चौकीको लागि ३ रोपनी ५ आना, वडा नं ८ मा स्वास्थ्य इकाईका लागि ४ रोपनी र वडा नं १,३ र ४ मा आधारभुत स्वास्थ्य चौकीलाई जग्गा प्राप्त भएको तर रजिस्ट्रेशन हुन बाकी रहेको, जग्गा प्राप्त गरी भवनसमेत निर्माण सम्पन्न भइसकेको ।
- वडा कार्यालय मार्फत विद्युतीय चुल्हो वितरण, सोलार सेट, विद्यालयहरुलाई सोलार सेट व्यवस्थापन गरिएको ।
- दैनिक सेवा प्रवाहका लागि नगरमा हलुका सवारी ३ थान र मोटरसाईकल २९ थान प्रयोगमा ल्याइएको ।
- नापी शाखाः
- नगरपालिका भित्र बन्दै गरेका र बन्न तयारीमा रहेका वडा कार्यालय र स्वास्थ्यचौकीहरुको जग्गा नापाजाँच गरिएको छ ।
- न्यायिक समितिमा परेका १२ वटा निवेदनहरुको छिनोफानोमा आधारित रही उक्त जग्गाहरु नापजाँच गरिएको ।
- माई नगरपालिकामा ४ किल्ला प्रमाणित प्रयोजन तथा सिमाना एकिन सम्बन्धी नगरमा परेका ३५ वटा निवेदनहरुको जग्गा नापजाँच गरीएको छ ।
- नगर भित्र बन्दै गरेका नया सडकहरुको ऐलेनी र नम्बरी जग्गामा पर्ने भए त्यसको एकिन गरिएको ।
- माई नगरपालिका मा भूमिहीन अव्यवस्थित आयोग गठन भएदेखि उक्त आयोगमा गई कामकाजमा सहयोग तथा समन्वय गर्ने गरेको ।
- इलाम जिल्ला वन कार्यालयले पठाएको ४ वटा निवेदन अनुरुप जग्गा नामजाँच गरी एकिन गरिएको ।
- महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाः
- एकल महिला, दलित, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको बार्षिक रुपमा सम्मान गर्ने गरिएको ।
- अपांगता भएका व्यक्तिहरुलाई अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तरगत सहयोगी सामग्री वितरण, उपचारमा सहयोग र गृह भेटघाट र घुम्ती शिविर संचालन गरिएको ।
- अपांग एवं ज्येष्ठ नागरिकहरुको परिचय-पत्र नियमित वितरण गर्ने व्यवस्था मिलाइएको ।
- विभिन्न प्रकारका रोगी विरामीहरुलाई उपचार एवं यातायातका लागि आर्थिक सहयोग गरिदै आइरहेको ।
- गर्भवती महिलालाई सुत्केरी गराउन अन्यत्र लैजानुपर्ने भएमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको ।
- महिला हिंसा, प्रजनन् अधिकार, वाल अधिकार विरुद्ध जनचेतना मुलक कार्यक्रम र क्षमता विकासका कार्यक्रमहरु बार्षिक रुपमा संचालन गरिएको ।
- आदिवासी जनजातिहरुको क्षमता विकास एवं कार्यालय संचालनका लागि भवन निर्माण सहयोग लगायतका कार्यक्रम वार्षिक रुपमा गरिएको ।
- युवाहरुको क्षमता विकास अन्तरगत प्रस्तावना लेखन, उद्घोषण, लागूपदार्थ दुर्व्यशन बिरुद्ध सडक नाटक प्रदर्शन, जलचर प्राणी संरक्षण (माछा, भ्यागुता, गोही आदी) बिषादी प्रायोगको न्युनीकरण सम्बन्धी तालीम जस्ता कार्यक्रमहरु बार्षिक रुपमा संचालन गरिएको ।
- लक्षित कार्यक्रम जस्को सवाल उसको नेतृत्वलाई अंगिकार गरी संबन्धित लक्षित वर्गले संचालन गर्दै आइरहेको ।
- अस्पतालमा सुत्केरी भएका आमाहरुलाई उपमेयर सुत्केरी पोषण कार्यक्रम द्वारा थप सहायता दिइरहेको ।
- विपन्न नागरिकहरुको स्वास्थ्य वीमामा ५०%, “ग’ र “घ” वर्गका अपांगहरुका लागि रु ३०००।– स्वास्थ्य विमाको लागि अनुदान सहयोगको व्यवस्था मिलाईएको ।
कृषि तथा पशुपंछी विकास शाखाः
- नाम्ले जुकाको लगायत आन्तरिक तथा बाह्य परजीवी विरुद्धको नियमित निशुल्क औषधि वितरण ।
- विभिन्न रोग विरुद्धको उपचार सेवा दैनिक संचालनन ।
- Ppr खोरेत, रेविज खोप नियमित संचालन भइरहेको ।
- गाईभैंसीको र गोवर परीक्षण नियमित गरिएको ।
- बाख्रा, बंगुर मासु मिसन कार्यक्रम संचालन ।
- छुर्पि प्रवर्द्धन कार्यक्रम संचालन ।
- यान्त्रिकरण एंव प्रविधि हस्तान्तरण ।
- निःशुल्क कुकुर बन्ध्याकरण शिविर संचालन ।
- नश्ल सुधार सम्बन्धी कार्यक्रम संचालन, प्राविधिक लाई तालिम तथा उपकरण हस्तान्तरण ।
- नीजि क्षेत्रका प्राविधिक लाई कृतिम गर्भाधान सम्बन्धी तालिम र उपकरण हस्तान्तरण
- घाँसको बीउ बेर्ना सेट्स वितरण ।
- गोठ, खोर सुधार कार्यक्रम संचालन ।
- गरिव कृषकलाई कुखुराका चल्ला बंगुरको पाठा र माछाको भुरा वितरण गरिएको ।
- सक्रिय कृषि तथा पशु समूह सहकारी संस्थाहरुको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम संचालन
- पशु विमा तालिम अभिमुखीकरण तालिम संचालन ।
- कृषि बालीमा रोग तथा कीराको नियन्त्रणको लागि नियमित निशुल्क बिषादी वितरण ।
- माटो परिक्षण गरी उपयुक्त नगदेबाली कार्यक्रम ।
- एक घर एक फलफूल बिरुवा तथा सुपारी विरुवा वितरण कार्यक्रम ।
- च्याउ तरकारी खेती तथा मौरी पालन सम्बन्धी तालिम ।
- मौरी पालन कार्यक्रम घार वितरण कार्यक्रम ।
- सघनबाली विकास कार्यक्रम अन्तरगत बिउ बिजन आत्मनिर्भर (धान,मकै,गहुँ) वितरण ।
- तरकारी र सुपारी पकेट कार्यक्रम ।
- युवा लक्षित तरकारी उत्पादन कार्यक्रम ।
- ब्यवसायिक फलफूल बगैँचा स्थापना कार्यक्रम ।
- प्लास्टिक टनेल, प्लाष्टिक पोखरी निर्माण कार्यक्रम ।
- चिया तथा कफी क्षेत्र विस्तार कार्यक्रम
- कृषि प्रदर्सनी स्थल स्थापना
- महिला मुखी व्यवासायिक कृषि उद्योग स्थापना
- IPM कृषक पाठशाल संचालन
- Hi tec green मा बेर्ना उत्पादन कार्यक्रम
- बहुदेश्यीय नर्सरी स्थापना कार्यक्रम
- न्यायिक समितिको सचिवालयः
- हाल सम्मको जम्मा विवाद – ४८५
- फर्छ्यौट हुन बाकी – ३
- माई नगरपालिकाका अगुवा र सरोकारवाला हरुलाई ८ दिने मेलमिलाप सम्वन्धी तालिम दिई ३१ जनालाई मेलमिलाप कर्ताको रुपमा सुचिकृत गरिएको ।
- सबै वडाहरुमा र नगर स्तरीय मेलमिलाप केन्द्रको स्थापना गरिएको ।
- वडाहरुको मेलमालप केन्द्रमा मेलमिलाप सम्वन्धी अन्तर्कृया मार्फत जनचेतना मूलक कार्यक्रम र मेलमीलाप सम्वन्धी विभिन्न स्थानमा सूचना पार्टी राखिएको ।
उल्लिखित कार्यक्रमहरु मुख्य मुख्य कार्यक्रम मात्र उल्लेख गरिएको हो । बार्षिक रुपमा विकासका सबै क्षेत्रहरु (आर्थिक, सामाजिक, भौतिक आदि) समेटी माई नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन जग बसाउने काम भएको छ । सबै प्रकारका कार्यक्रम संचालन गर्ने सहयोगी भूमिका निर्वाह गर्नुहुने माई बासी सम्पुर्ण नागरिक, सरोकारवाला संघ सस्था, राजनीतिक पार्टी सबै सबैमा धन्यबाद दिन चाहन्छौँ ।
| ……………………………………..
सम्पूर्ण नगर कार्यपालिकाको तर्फबाट नगर प्रमुख दिपक कुमार थेवे
|