Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम सन्दकपुरका रविन गुरुङ ब्राउन सुगरसहित पक्राउ

इलाम सन्दकपुरका रविन गुरुङ ब्राउन सुगरसहित पक्राउ

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ९ २०७९


इलाम सन्दकपुरका रविन गुरुङ ब्राउन सुगरसहित पक्राउ

झापा । इलाम सन्दकपुर गाउँपालिकाका एक जना युवा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनी आज दिउँसो झापाबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका २ का २७ वर्षीय रविन गुरूङ रहेका छन् ।

उनलाई आज दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । मेची पुलबाट आइरहेका उनीमाथि शंका लागी चेक जाँच गर्ने क्रममा गुरुङको साथबाट प्रतिबन्धित लागूऔषध ३ ग्राम ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार