इलाम । नेपाली हिमाल आरोही निर्मल पुर्जा (निम्स दाई) को रेकर्ड पासदावा शेर्पाले तोडेका छन् । विश्वको शिर्ष ५ हिमाल छिटो चढ्ने निम्स दाईको रेकर्डलाई शेर्पाले पाकिस्तानको माउन्ट के टु (अष्टिन गडविन) को सफलतापुर्वका आरोहण सम्पन्न गर्दै तोडेका हुन् ।
शेर्पाले विहिवार साँझ माउन्ट के टु को आरोहण सम्पन्न गरेका थिए । ६९ दिनमा पाँच हिमाल आरोहण गरी शेर्पाले निर्मल पुर्जा को कीर्तिमान तोडेका हुन् । यसअघिको निम्स दाईको रेकर्ड ७० दिनको थियो । उनले पछिल्लो पटक २२ जुलाई २०२२ मा माउन्ट के टुको सफल आरोहण गरेका छन् । ।
शेर्पाले वैशाख ३१ गते कञ्चनजंघा, जेठ ८ गते सगरमाथा र ल्होत्से, जेठ १३ गते मकालु र साउन ५ गते के टु को आरोहण गरेका थिए । पासदावा संगै छिरिङ नामग्याल, सिद्धि घिसिङ, दोर्जे ग्याल्जेन र रिन्जी शेर्पाले माउन्ट के टुको आरोहण सफलतापुर्वक सम्पन्न गरेका हुन् ।
पहाडको अग्लो क्षेत्रमा उच्च हावा र चरम हिउँको अवस्थासँग संघर्ष गरेर उनीहरू के–२ को चुचुरोमा पुगेका थिए ।संखुवासभाका पासदावाले सन् २०१६ देखि पटक पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
पासदावाले नर्वेली पर्वतारोही क्रिस्टिन हरिलालाई पनि मार्गदर्शन गर्दै आएका छन् । ३६ वर्षीया क्रिस्टिनले ६ महिनामा ८ हजार मिटरभन्दा माथिका सबै १४ चुचुराहरू आरोहण गर्ने इतिहासकै पहिलो महिला र दोस्रो व्यक्तिको विश्व कीर्तिमान बनाएकी छिन् ।
हालसम्म करिब ४० जनाले मात्रै विश्वका ८ हजार मिटरभन्दा माथिका सबै १४ वटा चुचुराहरू आरोहण गरेका छन् । तर उनीहरु कोहि पनि निर्मल पुर्जाको २०१९ अभियानको नजिक पुगेका थिएनन् ।
उनले सन् १९८० को दशकमा पोल्याण्डका जेर्जी कुकुज्काले सात वर्ष ११ महिना र १४ दिनमा बनाएको किर्तिमानलाई तोडेका थिए ।