काठमाडौ । नेकपाकालीन बहुमत सदस्यहरूबीच सिंहदरबारमा नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यलयमा बसेको बैठकमा राम्रो प्रगति भएको एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए। ‘
प्रगति भइरहेको छ। सिंगै राष्ट्रलई एक हुने दिशामा कुरा भइरहेको छु, उनले भने, ुएउटै समाजवादी केन्द्र बनाउने भन्ने कुरा भएको छ। अहिले हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य थियौँ।’
नेकपाकालीन पाँच नेताहरु यसअघि गत असारमा पहिलो पटक जुटेका थिए। बैठकपछि नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो बैठक बसेको बताउँदै पार्टी एकताको कुरा अघि बढाए पनि अहिलेको गठबन्धन तत्कालै नतोडिने उल्लेख गरे।