इलाम । इलाममा एक समारोहका बिच जसुदा स्मृति पुरस्कार कवि सुन्दर कुरूपलाई प्रदान गरिएको छ । इलाम नगर प्रमुख केदार थापा प्रमुख अतिथि रहनु भएको समारोहमा इलामका बिशिष्ट नागरिक युद्ध प्रसाद वैद्य र नगर कला , साहित्य प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कवि प्रकाश थाम्सुहाङ्ले कविको परिचय राखेका थिए। अतिथि कवि लिला अनमोलले कविता बाचन गरेको कार्यक्रममा पुरस्कृत कविलाई इलाम नगर प्रमुख केदार थापाले पुरस्कृत कविलाई नगद तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा इलामका कवि, कवयत्री, समाजसेवी, सरकारी तथा गैरसकारी संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

