इलाम । सुनसरीको इटहरीमा एक प्रदेश एक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र आदिवासी जनजाति महासंघ सुनसरीको व्यवस्थापनमा इटहरी उपमहानगरपालिका– ६ तायारिप्ची बहुउद्देश्यीय भवनको प्राङ्गणमा सम्पन्न भएको हो ।
पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूको अध्यक्षता रहेको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगम उद्योग, पर्यटन, वन तथा वातावरण संसदीय समितिका सभापति सीता लिम्बु, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास संसदीय समिति सभापति सर्वध्वज साँवा र प्रदेशसभा सदस्य उमिता बराइली र पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव इश्वरकुमार गिरी रहेका थिए ।
कार्यक्रममा किरात याक्थुम चुम्लुङ्ग, किरात राई यायोक्खा, किरात याक्खा चुमा र किरात सुनुवार समाजले आ–आफ्नो मौलिक लोक सांस्कृतिक नित्य र मौलिक खानको समेतको प्रर्दशन गरेको पर्यटनमन्त्री लङ्वाका स्वकिय सचिव विनोद लिम्बुले जानकारी दिए ।