Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

१ नम्बर प्रदेश सरकारबाट १९ जना श्रष्टालाई सम्मानसहित पुरस्कृत (फोटो फिचर )

१ नम्बर प्रदेश सरकारबाट १९ जना श्रष्टालाई सम्मानसहित पुरस्कृत (फोटो फिचर )

  • लोकल सन्देश
  • मंगलबार, असार २८ २०७९


१ नम्बर प्रदेश सरकारबाट  १९ जना श्रष्टालाई सम्मानसहित पुरस्कृत (फोटो फिचर )

विराटनगर । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । उहाँहरूलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गरेको हो । पुरस्कृतलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई, सस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले नगद र प्रमाण पत्र प्रदान गरेका थिए ।


श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले विभिन्न विधामा नाम छनौट गरेको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिए ।
सम्मानित तथा पुरस्कृत हुनुहुने श्रष्टाहरूः
क.बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९


१.प्रा. डा गोबिन्द तुम्वाङ–सुनसरी(भाषा, साहित्य, अनुसन्धान)
२ प्रा. डा. कालुराम खम्बु–(के.आर. खम्बु)–झापा(अनुसन्धान, संस्करण)
ख.प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९


१.टंक बहादुर खुलाल (मनु मन्जिल)
२.गोवर्धन तामाङ–उदयपुर(साहित्य)
३.विजय श्रेष्ठ– इलाम(मूर्तिकला)
४.भरत गुरागाईं–मोरङ(नाट्यकर्र्मी)
५.ममता गिरी–सुनसरी(साहित्य, लघुकथा)
६.गोपाल देवान–सुनसरी(नाटककार, निर्देशन)


७.वीरबहादुर लाप्चा– इलाम(लोक संस्कृति, संस्कृति संरक्षण)
८.हरि कट्टेल–सोलुखुम्बु(साहित्य)
९.मान सिंह थुलुङ–इलाम(संगीत)
१०.महेन्द्र राई–सुनसरी(चित्रकला)
११.जयन्तीरमण कण्ठ–सुनसरी(नाट्य अभिनयकर्मी)


१२.नवराज राई (नवराज वर्तमान)–भोजपुर(साहित्य, कथाकार, कवि)
ग.नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९
१.लिला उप्रेती(लिला अनमोल)–झापा(साहित्य)
२.यशोदाकुमारी लम्साल–सुनसरी(चित्रकला)
३.चेतन आङ्थुपो–इलाम(नाटक, निर्देशन)


४.मधुराज केरुङ–पाँचथर(चलचित्र, साहित्य)
५.विमला चिमोरिया–झापा(नाटक÷अभिनय)

प्रतिक्रिया
सम्बन्धित समाचार