Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ग्रामीण उद्योगीले स्थापित गरेको नेपाली राष्ट्रिय ब्राण्ड

ग्रामीण उद्योगीले स्थापित गरेको नेपाली राष्ट्रिय ब्राण्ड

  • लोकल सन्देश
  • शनिबार, असार २५ २०७९


ग्रामीण उद्योगीले स्थापित गरेको नेपाली राष्ट्रिय ब्राण्ड

इलाम : ‘म तपाईंसँग कुरा गर्दा, म एक किसानलाई हेर्दै छु। उनको करिब आधा एकड जग्गा, पाँच बाख्रा, एउटा गाई र एउटा सानो फार्म छ। मकै जस्ता अन्य बालीसँगै चिया उनको आम्दानीको स्रोत हो। चामल, मकै र बाँसमा चिया नयाँ थपिएको छ,’ इलामको बरबोटे चिया बगान सञ्चालक नरेन्द्र गुरुङले भने।

नेपालमा चिया उद्योगको नेतृत्वका लागि इलाम देशभर प्रशिद्ध छ। समुन्द्री सतहको ३ सय देखि ३६३६ मिटसम्म फैलिएको इलाममा चिया रोपणको इतिहास खोज्न राणा शासनको सुरुवाती अवस्थामा फर्कनुपर्ने हुन्छ। १९२० (सन् १८६३) मा राणा प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाइँ गजराजसिंह थापाले इलाममा चिया रोपण सुरु गरे।

‘चियाको पिता’ को उपमा पाएका थापाले विस १९२० मा इलाम र १९२२ मा सोक्तिममा चिया रोपेको इतिहास पाइन्छ। तर अर्थोडक्स चियाको बजार सन् १९७८ बाट योजना सुरु भएको हो। योजनासँगै इलाममा धेरै साना किसानले चिया खेती गर्न थालेका छन्। उत्पादन बढेपछि मुल्यमा हुने गरेको उतारचढावका कारण धेरै किसानहरू निराश छन्।

विगत ७–८ वर्षमा चिया क्षेत्र परिवर्तनकारी बनेको छ। गुणस्तरिय उत्पादनमा ध्यान पुग्दा केही किसानहरुले देशबाहिर नेपाली चियाको बजार फेला पारे। जैविक अभ्यास खेतीका कारण चिया उत्पादनमा नविनता र गुणस्तरको प्रवेश पाएको छ। अहिले चियाको व्यापारमा पहिलेभन्दा धेरै उद्यमीहरू छन्, जसले नेपालको चियालाई विश्वमा साँच्चै उत्कृष्ट चियाको रुपमा अन्तराष्ट्रिय बजारमा लैजान इच्छुक छन्।

नेपालका केही कारखानाहरु सहकारीताको माध्यमबाट अघि बढिरहेका छन्। सामूहिक उत्पादनमा वार्षिक करिब ८० लाख किलो अर्थोडक्स र विशेष चिया उत्पादन हुन्छ। भारत प्राथमिक बजार हो तर आज नेपालको चियाप्रति अमेरिका, बेलायत, युरोप लगायत देशभित्रको चासो बढ्दो छ।

साना चिया किसानका कथा

थुम्का थुम्कामा रोपिएका चियाका कारण साखेजुङले मनमोहक दृश्य पाएको छ। यहाँका डाँडाकाँडा चियाले भरिएका छन्, र चिसो हावाले ऊर्जा दिन्छ। साखेजुङमा योगेश खत्रीले ब्रान्ड कसरी बन्यो भन्ने कथा यसरी सुनाउँछन् ‘सन् २००० को शुरुमा यहाँ थोरै कारखानाहरू थिए। धेरैले नगदे बालीको रूपमा चिया रोपे, र मूल्य राम्रो थियो। किसानहरू उत्साहित थिए किनभने उनीहरूले यो पैसा कमाउने राम्रो तरिका हो भन्ने महसुस गरे।’

अर्थशास्त्रको सिद्धान्तअनुसार उत्पादन बढेपछि मूल्य घट्यो। तब धेरै किसानहरूले चियाको विकल्प खोज्न थाले। चियाको झाडी उखेल्ने र अन्य बाली लगाउन क्रमले तीव्रता पाउन थाल्यो। करेसाबारीमा सानो मात्रामा चिया खेती गर्दै आएकी योगेशकी आमा मिलनकुमारी खत्री आफैँले चिया प्रशोधन गर्ने निर्णय लिइन्।

नेपाली चिया धरासायी बनिरहेको अवस्थामा मिलनकुमारीको कदम जोखिमपुर्ण थियो। तर प्राकृतिक सुकाउने र हातले माडेर चिया बनाउने प्रविधि उनले छनोट गरिन्।  विद्यालयका शिक्षक रहेका श्रीमान डम्बरबहादुरले मिलनकुमारीलाई साहस दिए। खत्री दम्पतीले भन्साकोठामा हातले माडेर चिया बनाउन सुरु गरे।

नजिकैको मेची राजमार्गले उनीहरूलाई बजारमा पहुँच प्रदान गरेको थियो। चाँडै इलाम बजारमा खत्री दम्पतीले चिया बेच्न थाले। नेपालीहरुले उपभोग गर्ने सिटीसी चियाको पहुँचभन्दा अर्थोडक्स चिया फरक थियो। थप स्वादिलो भएको कारण उनीहरुको चियाले काठमाण्डौमा बजार पायो। र रुसमा खरिदकर्ता पनि जुट्यो। त्यतिन्जेल, प्रशोधन उनीहरूको भान्साको चुलोको साथ घरमा गरिन्थ्यो। बिस्तारै, फार्मले प्रशोधन इकाई स्थापना गर्न सानो मेसिनरी थप्यो।

सन् २००८ मा मिलनकुमारीले आफ्नो कम्पनी कञ्चनजंघा अर्गानिक ह्यान्डमेड टी दर्ता गरिन्। केही समय नबित्दै उनीहरूले हरियो पातको औसत मूल्यभन्दा बढी तिरेर सृजनशील सहकारीबाट चियापत्ती किन्न थाले। खत्री परिवारले आफ्नो उत्पादनलाई ‘साखेजुङ टी’ को रूपमा ब्रान्ड गर्ने निर्णय गरे।

साखेजुङ टी ले आज नेपाली चियाको प्रतिनिधित्व गर्छ। नेपालको अर्गानिक चिया ब्रान्डले अर्थोडक्स ब्ल्याक टी र ग्रीन टीको अतिरिक्त ह्रवाइट टी, सिल्भर निडल, र गोल्डेन टिप्स सहित उच्च उचाइको विशेष चिया उत्पादन गर्दछ। आज, कम्पनीले लगभग ४१ हेक्टर खेती गर्ने ८४ साना कृषकहरूसँग काम गरी वार्षिक २० टन उत्पादन गर्छ। खत्रीले हरियो पत्ती खरिद गर्ने चिया बगानहरु अर्गानिक प्रमाणित छन्।

खत्रीले किसानहरूलाई जैविक खेतीमा तालिम दिने जिम्मेवारी लिएको कारण चियाले आवश्यकताहरू र प्रमाणीकरणको लागत पूरा गर्दछ। भारत हरियो चियाको लागि मुख्य बजार बनेको छ। साखेजुङले विश्वव्यापी बजारलाई हेरिरहेको छ, खरिदकर्ता र चिया प्रेमीहरू उनीहरूको चिया खरिदका लागि उत्साहित छन्।

साखेजुङको बजारमा पहुँच व्यापार मेला, वेवसाइट र सामाजिक सञ्जालबाट भएको छ, तर योगेशले भनेजस्तै बजार प्राप्त गर्न थप काम गर्नुपर्ने आवश्यकता छ। इलामकै मनकुमार मुखियाले आफ्नो हजुरबुवाले खेती गर्न थालेको १.५ हेक्टर चिया विरासतमा पाएका थिए। सन् २०१२ मा मुखियाले चिया उत्पादन सुरु गर्ने निर्णय गरे।

तीर्थस्थलका रूपमा प्रख्यात रामसार क्षेत्र माईपोखरी र अग्लो उचाइमा रहेको क्षेत्रमा मुखियाको वार्षिक ३० हजार किलो उत्पादन क्षमताको कारखाना छ। गुणस्तरका कारण मुखियाको ब्रान्ड ‘माइपोखरी’ ले बार्षिक २० हजार केजी उत्पादन गर्छ। ४५ जना किसानहरुले गुणस्तरिय हरियोपत्ती आपूर्ति गर्दै आएका छन्।

धेरै बजारका लागि चिया

पछिल्लो एक दशकमा कारखाना खोल्ने क्रममा प्रतिस्पर्धा बढेको छ। प्रत्येक कारखाना आफ्नो बजार सुरक्षित गर्नका लागि प्रयत्नरत छन्। भारतको लागि हरियो चिया, युरोप, बेलायत र संयुक्त राज्य अमेरिकाका लागि प्रमाणित जैविक चिया, र चीनको लागि कालो चिया अहिलेको माग हुन्।

चिया उद्योगको पुनरुत्थान विशेष चिया बजारको सुरुवातलाई श्रेय दिन सकिन्छ। जब किसानहरू चिया उद्योगको प्रगतिबाट निराश थिए तब विशेष चियाले विश्व बजारको लागि सम्भावित बाटो खोल्यो। सुरेश लिम्बुले सन् १९८८ मा इलाम क्षेत्रमा १० दशमलव ५ हेक्टरमा चिया रोप्न थालेका थिए।

सुरुमा हातले बनाएको कालो चिया काठमाडौंको स्वदेशी बजारमा बेच्ने गरेका थिए। यो चियाको सानो मात्रा जापान पुग्यो, तर उसले सक्रिय रूपमा बजारलाई पछ्याएन। सन् १९९७ मा उत्पादन बढ्यो, लिम्बु हातले बनाएको चियाबाट प्रशोधन उद्योगका लागि अग्रसर बने। सबैभन्दा नजिकको कारखाना ८० किलोमिटर टाढा थियो, तर सडकबाट फ्याक्ट्रीमा पातहरू पुग्न ६–१० घण्टा लाग्थ्यो।

सन् २००४ मा लिम्बुले मिस्ट भ्याली चिया कारखाना सुरु गरे। पहिलो वर्ष, २९ हजार केजी उत्पादन गरे। बर्सेनि उत्पादन बढ्दै जान थाल्यो। सन् २०१५ मा १ लाख ३ हजार केजी पुग्यो। मुख्य बजार भारत रहँदा उनको उत्पादन जर्मनी, फ्रान्स, लिथुआनिया युरोप र अमेरिका पुग्यो। एसियामा जापान, कम्बोडिया, चीन र ताइवानमा बिक्री बढ्दै गएको छ।

मिस्ट भ्यालीका बगैंचाहरू व्यवस्थित र सफा छन्। कारखानालाई आइएसओ २२०००–२०१८ अनुसार देशकै उत्कृष्ट मध्ये एक मानिएको छ। लिम्बुले यसलाई वर्णन गरेझैं, ‘नेपाल चियामा धनी, फलफूल र जीवन्त चरित्र छ जसले हिमालयको ताजगीलाई प्रतिध्वनि गर्दछ। र मिस्ट भ्याली चियाले नेपालको उत्कृष्ट चियालाई निरन्तरता र उच्च गुणस्तरको चियामा झल्काउँछ।’

अर्को कारखाना ग्रीन भ्याली चिया र यसको ब्रान्ड, सिम्पानी चिया। कारखाना २०१९ मा सुरु भएको थियो, यद्यपि मालिकहरूले १९९९ देखि ३० हेक्टरमा खेती गरिरहेका थिए। विशेष चिया उत्पादनमा जानु अघि अर्थोडक्स कालो चिया उत्पादन गर्दै आएका थिए। अन्य उद्योगकै जस्तो बजारमा नेपाल, जर्मनी र नेदरल्यान्ड थोरै मात्रामा समावेश छन्। ग्रीन भ्यालीले नयाँ उद्यमीहरूको महत्वाकांक्षालाई प्रतिनिधित्व गर्दै आएका छ।

केन्द्रिय चिया सहकारी महासंघ (सिटिसिएफ)का महासचिव रविन राईले विशेष चियाले परिदृश्य परिवर्तन गरेको बताउँछन्। कुनै समय अर्थोडक्स कालो र हरियो चिया मात्र निर्यात हुँदै आएकोमा नयाँ प्रकारका चिया थप्दा किसानहरूलाई नयाँ बजार खोज्न तुलनात्मक रुपमा सहज देखिएको उनी बताउँछन्। माईपोखरीमा मुखियाले उलोङ बनाउँछन्।

उनका ‘रेड पाण्डा ओलोङ’ र ‘एम्बर ओलोङ’ नेपालकै लोगोका चिया हुन्। धेरै उत्पादकहरूले उल्लेख गरेको चिया गोल्डेन टी हो, एउटा पात र कोपिलाबाट बनेको यो चिया चिनियाँ बजारमा अत्यधिक खोजी गरिन्छ। यो नेपालको सिग्नेचरमा निर्यात गर्न सकिन्छ।

चिया क्षेत्रको सामाजिक प्रभाव

मिस्ट भ्यालीले नजिकैको गाउँका ६० जनालाई रोजगारी दिएको छ। यस क्षेत्रमा चिया किसानहरूको विस्तारित नेटवर्क मार्फत करिब ५०० जनालाई सहयोग गर्दै आएको छ। चियाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आम्दानीको भरपर्दो स्रोतको रूपमा समुदायमा सकारात्मक प्रभाव ल्याएको छ।

२०३० मिटरको उचाइमा रहेको ऐतिहासिक स्थल कालापानी पाँचथर जिल्लाको याङ्गवारक गाउँपालिकामा रहेको स्थानका लागि नामकरण गरिएको हो। पूर्वी हिमालयको हिस्सा रहेको कञ्चनजंघा र कुम्भकर्णको हिउँले भरिएका चुचुराहरूको मनमोहक दृश्यका कारण यो पर्यटकहरूका बीचमा लोकप्रिय स्थान हो।

कालापानीका प्रकाश राय भन्छन् ‘यहाँका कृषकहरू चिया खेती गर्न उत्साहित छन् र यसले राम्रो मुआब्जा पाउने आशा छ।’ उनले किसानहरूलाई प्रोत्साहन गर्न र उनीहरूलाई रोजगारी दिनका लागि कारखाना स्थापना गरे। सन् २०२० मा स्थापना भएको उद्योगले स्थानी समुदायमा ५० परिवारलाई रोजगारीका अवसरहरू सिर्जना मात्र गरेको छैन्, चिया सम्बन्धी शिक्षा प्रदान गरेर, आम्दानी बढाउने, र चिया मार्फत स्थानीय परम्परा र संस्कृतिलाई विश्वसँग साझा गरेर सहयोग गर्ने कुरामा ध्यान केन्द्रित गरेको छ।

रविन राईले तल्लो तहमा प्रभाव पार्ने र महसुस गरेको ठाउँलाई औंल्याउँछन्। ‘हामीसँग १०१ सहकारी र ३१ प्रशोधन कारखाना छन्। तीमध्ये सातवटा कारखानाले विशेष चिया उत्पादन गर्न सक्छन्। झाडीहरू जवान छन्,’ उनी थप्छन्, ‘उत्पादकर्ता उच्च छ। विशेष चिया छनोट गर्नु भनेको किसानहरूले उच्च मूल्य कमाउन सक्छन्। गाईवस्तु पालनसँगै बहुमुखी खेती गर्ने अभ्यास गरिए पनि चियाले किसानको आम्दानीको ६०% भन्दा बढी ल्याउँछ।’

केन्द्रीय चिया सहकारी महासंघ नेपालको चिया उत्पादकहरूलाई विश्वमा प्रतिनिधित्व गर्ने मध्यस्थकर्ता हो। यो एक मार्केटिङ प्लेटफर्म हो जसले सदस्यहरूलाई खरिदकर्ताहरूसँग जोड्ने काम गर्छ। तिनीहरू किसान र उत्पादकहरूलाई समर्थन गर्न प्राविधिक र विशेषज्ञहरू ल्याएर गुणस्तरमा पनि उत्सुकताका साथ काम गरिरहेका छन्। नेपालको चिया फार्महरू ग्रामीण क्षेत्रहरूमा छन्, सडकबाट जोडिएका छैनन्, पूर्वाधारदेखि इन्टरनेट जडानसम्म सबै कुराले भाषामा बाधा खडा गरेको छ।

अवसरको खोजी

नेपाली चियाले अहिले आफैलाई ब्रान्डिङ गर्दै आएका छन्। जसले चियाले नयाँ विरासत स्थापित गरिरहेको छ,। ब्रान्डिङको अपेक्षित परिणाम भनेको किसानहरूले चियाबाट जीविकाको अवसर पाउनेछन्। नेपाललाई भारतभन्दा बाहिर नयाँ चिया बजार चाहिन्छ। जर्मनी अहिले नेपालको चियाको दोस्रो ठूलो खरिदकर्ता हो। र उत्पादकहरू पनि घरेलु बजार विकास गर्ने अवसरको लागि जागिरहेका छन्। चियाविज्ञ नरेन्द्र गुरुङले विशेष चियाले दिने रोजगारीका दुई तहलाई औंल्याउँछन्।

पहिला जब पातहरू र कोपिलाहरू टिप्छन् र दिनको अन्त्यमा भुक्तानी गरिन्छ,। दोस्रो यी कोपिलाहरू एक्लै छुट्ट्याउँछन्। सम्पूर्ण परिवारहरू बैठक कोठामा भेला हुन्छन्, कोपिलाहरूबाट पातहरू छुट्याउँछन्। कोपिलाहरू प्रिमियममा बेच्छन्। गुरुङले यसलाई परिवारहरू भेला हुने माध्यमको रूपमा हेर्छन्। एक किलो सुई नेपाली रुपैया ५ सयमा पाइन्छ, जुन निकै आकर्षक छ।

‘यहाँ खेती गरिरहेका मानिसहरूको जीवनको गुणस्तरलाई युरोप वा अमेरिकामा उही चिया पिउनेहरूसँग कसरी जोड्न सकिन्छ ?’ उनले भने “हामीले यो चियाको मूल्य कसरी योग्य बनाउन सक्छौं ? विश्वको चियाको नक्सामा हामी अहिले एक बिन्दु पनि छैनौं तर बिस्तारै माथि आउँदैछौ’।

गुरुङ कृषि–पर्यटनको कुरा गर्छन् जहाँ खरिदकर्ताहरुले नेपाल भ्रमण गर्छन्, किसानहरूसँग समय बिताउँछन् र उनीहरूले चियालाई विश्वमा लैजान अघि सम्बन्ध निर्माण गर्छन्। नेपालको प्राकृतिक सौन्दर्य, कृषकहरूको जीवन र चिया बनाउने कलालाई आफ्नै प्रकारको छ। नेपाली चियाको मुट बन्न सक्छ जुन दार्जिलिङसंग असम्बन्धित छ तर तुलना भइरहन्छ।

गुरुङ भन्छन्, ‘ राजनीतिक सिमाना हास्यास्पद छ। हामी दार्जिलिङ चियाको दावेदार होइनौं। यदि हामी नेपाली चियाको रूपमा उभिन सक्छौं भने, हामीले दार्जिलिङको काँधमा चढ्नु पर्दैन।’

‘टी जोर्नी’ म्याग्जिनमा प्रकाशित अरविन्दा अनन्तरामको सामाग्री नमीन ढकालद्धारा भावानुवाद

प्रतिक्रिया
सम्बन्धित समाचार