Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

वडाध्यक्ष लामाको पहलमा समावेशी टोलमा काठका पोल विस्थापित गरिँदै(फोटो फिचर)

वडाध्यक्ष लामाको पहलमा समावेशी टोलमा काठका पोल विस्थापित गरिँदै(फोटो फिचर)

  • लोकल सन्देश
  • शनिबार, असार २५ २०७९


वडाध्यक्ष लामाको पहलमा समावेशी टोलमा काठका पोल विस्थापित गरिँदै(फोटो फिचर)

फिक्कल । इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारसँगै जोडिएको समावेसी टोल विकासमा ३० वर्ष अघि गाडिएको काठका पोल जिर्ण अवस्थामा थिए । नगरपालिकाको केन्द्रबाट नजिकै भएपनि मक्किएका काठका पोलको प्रयोगबाट विद्युत उपभोग गर्दै आएका उपभोक्ताको समस्या सूर्योदय नगरपालिका १० का अध्यक्ष पेमाउगेन लामाको पहलमा हटाउन थालिएको छ ।


वडाध्यक्ष लामाको पहलमा यो आर्थिक वर्षमा ८ वटा र्जिण काठका पोल फेरिएको छ भने नयाँ विद्युतिकरणको काम पनि गरिएको छ । जिर्ण पोलका कारण नियमित विद्युत उपभोग गर्न समस्या भोग्दै आएका उपभोक्ताका लागि पलामे पोल गाडिएसँगै समाधान भएको हो । काठका जिर्ण पोल फेर्ने वडाको निती अनुसार १० नम्बर वडा भित्रबाट काठका पोलहरु विस्थापित गरिने वडाध्यक्ष पेमाउगेन लामाले बताए ।


वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणको समन्वयमा हरेक वर्ष नयाँ बस्ति बसेको ठाउँमा विद्युतिकरण गर्ने र पुराना पोलहरु विस्थापित गर्ने निति लिएको लामाले जानकारी दिए । समावेसी टोलका लागि नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले १० वटा स्टिल पोल प्रदान गरेको थियो । १० वटा स्टिल पोलमध्ये ३ वटा नयाँ विद्युतिकरणका लागि र बाँकी रहेको ७ वटा पोलबाट काठका पोलहरु विस्थापन गरिएको थियो । वडाध्यक्ष लामाले स्थानीय तहको दोस्रो निर्वाचन अघि पनि काठका पोल विस्थापन गर्न र विद्युतिकरणका लागि ७ वटा पोल टोल विकास संस्थालाई हस्तान्तरणका लागि पहल गरेका थिए ।


नेपाल विद्युत प्राधिकरण फिक्कल प्रशाखाका प्राविधिक र स्थानीयबासीको श्रमदानमा नयाँ विद्युतिकरण र पुराना पोलहरु विस्थापन गरिएको थियो । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख डेगराज पौडेलका अनुसार काठका पोलहरु विस्थापित गर्ने प्राधिकरणको निति अनुसार प्राथमिकताका आधारमा काठका पोल फेरिदैँ आएको बताए । नयाँ बस्ति विकास भएको र सहरीकरण बढ्दै गएका स्थानमा पनि विद्युतिकरणको काम गरिँदै आएको प्रमुख पौडेलले बताए । समावेसी टोल विकास संस्थाका अनुसार टोल क्षेत्रमा काठका पोल विस्थापनका लागि अब १० वटा स्टिल पोलको आवश्यकता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार